अफगानिस्तानमा बम बिस्फोटमा मृतकको संख्या ६८ पुग्यो

२७ भाद्र २०७५, बुधबार १५:१९
 

सदरलाइनडटकम,
काठमाण्डौ : अफगानिस्तानमा प्रदर्शनकारीलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा मृतकको संख्या ६८ पुगेको छ भने १ सय ६५ जना घाइते भएको अफगान अधिकारीहरुले बताएका छन् । संसदीय चुनाव नजिकिँदै जाँदा अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीहरुबाट हिंसात्मक आक्रमणको शृंखलामा वृद्धि भएको छ ।
नानघहार प्रान्तको पूर्वी क्षेत्रमा गरिएको विस्फोटमा यो वर्षकै घातक रहेको प्रान्तीय सरकारका प्रवक्ता अताउल्लाह खोग्यानीले बताए । यस घटनाको जिम्मेवारी अहिलेसम्म कसैले नलिएपनि उक्त प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको अन्तर्राष्ट्रीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
घटनामा मारिएका व्यक्तिहरुको विवरण नानघहारको स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको छ । प्रहरी प्रमुखको नियुक्तिप्रति असन्तुष्टी जनाउँदै स्थानीयहरुले जलालाबादमा सडक अबरुद्ध गरी प्रदर्शन गरिरहेका बेला विस्फोट गराइएको थियो । प्रदर्शनकारीको बीचमा गएर आक्रमणकारीले आफैंलाई बमले उडाएको बताइएको छ ।

Next Post

पन्त घटनाको छानबिन समितिबाट राजीनामा दिएका केसी काममा फर्किए

२७ भाद्र २०७५, बुधबार १५:१९
सदरलाइनडटकम, काठमाण्डौ : निर्मला पन्त प्रकरण छानबिनका लागि गठित उच्चस्तरीय समितिबाट भदौं २५ गते राजीनामा दिएका वीरेन्द्र केसीले राजीनामा फिर्ता लिई काममा फर्किएका छन् । गृहमन्त्रालयमा बुधवार भएको पत्रकार सम्मेलनमा केसीले राजीनामा फिर्ता लिई समितिमा फर्किएको जनाएका छन् । छानबिन समितिबाट राजीनामा दिएर चर्चामा आएका केसी गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार […]