सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरामा सञ्चालन गरीएको कोरोना विशेष आइसोलेसन अस्पतालमा कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणका बिरामी आउदैमा त्रसित हुन नपर्ने खजुरा गाउपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले अपिल गरेका छन् ।
उनले खजुराबासीको सुरक्षामा पालिकाले विषेश ध्यान पुराएको बताउदै उनले आफ्नो फेसबुकमा समेत उल्लेख गर्दै लेखेका छन्–‘खजुरामा खानपान बसाइ सरसफाइको ब्यबस्थापन ब्यबस्थित भएको कुराको जानकारी गराउदै अस्पतालमा पोजेटिभ केस आउदैमा त्रसित नहुन सम्पुर्ण दाजुभाइ दिदिबहिनिहरुलाई हार्दिक अनुरोध गर्दछु ।’
उनले कोरोना अस्पताल व्यवस्थापन समितिले संक्रमण फेलना नदिनको लागि हरसम्भव प्रयास र सचेतना अपनाउदै उपचारमा संलग्न भएको बताए ।
उनले सामाजिक सञ्जालमा अनावश्यक र तथ्यहीन तथा पुष्टि नभएका कुराहरु पोष्ट नगर्न आग्रह गदै भनेका छन्–‘सामाजिक सञ्जालमा अनाधिकार खबरहरु पनि पोस्ट नगर्न नगराउन अनुरोध गर्दै लकडाउनलाई पुर्णरुपमा पालन गदै कोबिड–१९ विरुद्धको लडाईमा आदरणीय दाजुभाइ दिदिबहिनिहरु एकमना एकताका साथ अगाडि बढन निबेदन गर्दछु ।’
कोबिड–१९ का बिरामीको उपचारका क्रममा खजुरामा रहेको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ । सो अस्पतालका पूर्व अध्यक्ष तथा खजुरागाउपालिकाका अध्यक्ष कक्षपतिले कोबिडका बिरामी राख्दैमा त्रसित हुनु नपर्ने कुरामा जोड दिदै संक्रमण फैलिन नदिन अस्पतालमा विषेश सर्तकता अपनाईने भएकोले उनीहरुको कारण बाहिर कुनैपनि संक्रमण नफैलिने दाबी गर्दै महामारिबाट आफु र अरुलाई पनि जोगाउने कार्यमा सरिक हुन खजुराबासीलाई आग्रह गरेका छन् ।