सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । राष्ट्रीय जनस्वाथ्य प्रयोगशाला काठमाण्डौ र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणसहित कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको हो ।
रुपन्देही, कपिलवस्तु र पर्सा जिल्लाका संक्रमितहरु भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार बेलुका जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसमध्ये रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ वर्षीय पुरुष रहेका छन् भने ४, १० र २८ वर्षका महिला रहेका छन् । यस्तै २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका कपिलवस्तुका पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
यसैगरी पर्साका ३६, ७४ वर्षका पुरुष र ३६ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उता नवलपरासीका ३६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ ।




