सदरलाइनडटकम,
रोल्पा : चट्याङ लागेर रोल्पाको लुङ्ग्री गाउँपालिकामा बिहीवार दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर लुङ्ग्री गाउँपालिका २ सिर्पका ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको हो ।
बिहान साढे ८ बजे परेको चट्याङले गहुँ भित्र्याइरहेका विक र ट्वाइलेट जान लागेका पुनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अमृत घर्तीले जानकारी दिए ।
झण्डै ६० मिटरको दुरीमा रहेको दुवै घरमा क्षति पुगेको र भीमबहादुरको बाख्राको पाठासमेत मरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताए ।


