हिन्दू धर्मगुरु योगीसहित ४० जनाको स्वाब संकलन

१८ बैशाख २०७७, बिहीबार १७:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगिन विभिन्न धार्मिकस्थलमा बस्दै आएका धर्मगुरु तथा आश्रय लिएका ब्यक्तिहरुको पिसिआर पद्धतीबाट कोरोना जाँचलाई तीब्रता दिएको छ ।

यसक्रममा बिहीबार नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दु धर्मगुरु तथा बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीसहित उनका सहयोगी ७ जनाको कोरोना परिक्षणको स्वाब संकलन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

उनले बिहीबार नै भारतबाट आएका बैजनाथ गाउपालिकाका ११ जना, डुडुवाका १३ जना, खजुराका ७ जना, जानकीका २ जना गरि ४० जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको बताए ।


यसअघि नेपालगञ्जको फैजाने मस्जिदबाट त्यहाका मौलाना तथा विद्यार्थीहरुको स्वाब लिएर कोरोना परिक्षण सुरु गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

हालसम्म बाँकेका विभिन्न धार्मिक स्थलमा रहेका मुस्लिम धर्मगुरु २१ र हिन्दु धर्मका धर्मगुरु ७ जनाको कोरोना परीक्षणको लागि स्वब संकलन गरिएकोमा १० जनाको नतिजा नेगेटिभ आएको र १८ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । संकलन गरिएको सबै स्वाब भेरी अस्पतालको विषेशल्यावमा जाँच हुने छ ।

Next Post

उपमहानगरपालिकामा स्यानिटाइज गर्ने टनेल

१८ बैशाख २०७७, बिहीबार १७:५३
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना महामारी नियन्त्रण गर्दै कार्यालयको कार्यलाई निरन्तरता दिन नेपालगञ्ज उपमहानगरपालिकामा डिसइन्फेक्टेड टनेलको व्यवस्था गरिएको छ । कोरोना भाइरसको प्रभाव कम गरी कर्मचारीलाई सहज तथा सजगताका साथ काम गर्नका लागि उपमहानगरपालिकामा डिसइन्फेक्टेड टनेलको व्यवस्था गरिएको हो । उपमहानगरपालिकाका कर्मचारीलगायत बिभिन्न कामले पुग्ने व्यक्तिहरु सोही टनेल भएर कार्यालयमा प्रबेश […]