पश्चिम रुकुममा बिहेकाे लगन जुराउँदा जन्मदर्ता अनिबार्य

१ बैशाख २०७५, शनिबार १२:५५
 

सदरलाइनडटकम 
१ बैशाख, रुकुम ( पश्चिम ) : बाल विबाह अन्त्यका लागि विहेको लगन जुराउँदा बर र बधुको जन्मदर्ता अनिबार्य चाहिने भएको छ । रुकुम पश्चिमका जोतिसहरुले भने बिहेको लागि केटाकेटिको नाम जुराउदा समेत जन्मदर्ता प्रमाणपत्र माग्न थालेका छन ।
बालबिबाह रोकथाम गर्न जोतिषहरुले नै यस्तो उपाय अपनाएका बताईएको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा बसोबास गर्नेले बिहेका लागि जोतिसकहाँ हेराउदा अनिबार्य जन्मदार्ता प्रमाणपत्र पनि लिनुपर्ने नियम बनाइएको चौरजहारी नगरपालिका–१२ का जोतिष बिनोद शर्माले बताए ।
बालबिवाह अन्त्य गर्नलाई बिवाहको दिन हेर्दा स्थानीय दोतिषहरुले दुबै पक्षको जन्मदर्ता माग्न थालेपछि बालबिवाह गर्नेको संख्यामा कमि आउन थालेको उनको दाबी छ ।
केटा केटीको राशी बर्ग मिले पनि जन्मदर्ता अनुसार २० वर्ष उमेर पुरा नभएको देखिएमा हेर्न नमिल्ने भन्दै फिर्ता पठाउने गरेको उनले बताए ।‘मैले यहि फागुन महिनादेखि बिहेको नाम हेराउन आउने केटिकेटी दुबैको नागरिकता वा जन्मदर्ता माग्न थालेको छु’–उनले भने–‘मैले यो नियम शुरु गरेदेखि बिहेको लागि नाम जुराउन आएका २÷३ वटा बालबिबाह पर्न गएका कारण एकदुई वर्ष जुरेको छैन र तत्काल बिहे गर्नु हुदैन भनेर फकाईदिएको छु ।’
उनले स्थानीय तह मार्फत जिल्लाका सबै ठाउँमा यसरी नै जोतिषहरुलाई अभिमुखिकरण मार्फत सहकार्य गर्ने हो भने सरकारले नै थालेको बालबिबाह न्युनिकरण गर्ने अभियान धेरै हदसम्म पुरा हुने सुझाव दिए ।
रुकुमको चौरजहारी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक राधा रोकाले बालबिवाह अन्त्यको लागि उनले जनचेतना मुलुक कार्यक्रम सञ्चालन, बालबिवाह गर्न लागेको जानकारी आएमा सम्झाई बुझाई बिवाह रोक्ने र उमेर नपुगको बिवाह दर्ता नगर्ने लगायतको कार्यक्रम गरि रहेको बताउछिन । उनले स्थानीय ज्योतिसहरुको निर्णयले आफुहरुलाई समेत बालविवाह रोक्न सहज भएको बताईन ।

Next Post

शुभकामना आदानप्रदानसंगै जेष्ठ नागरिक सम्मान

१ बैशाख २०७५, शनिबार १२:५५
सदरलाइनडटकम १ बैशाख, नेपालगन्ज : नयाँ वर्षको अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदानसंगै जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । जयपृथ्वी सामुदायिक सीकाई अध्ययन केन्द्र नेपालगन्जको आयो जनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप–महानगरका उपमेयर उमा थापा मगरले ६५ वर्षिय रेस्मा रोका, ७० वर्षिय भुपेन्द्र प्रसाद […]