एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेमा सुवेदी

१४ माघ २०७४, आईतवार १८:५२
 

सदरलाइनडटकम   
१४ माघ, नेपालगन्ज : एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको १२ औं जिल्ला अधिवेशनबाट बामदेव सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नेपालगन्जको भेरी प्राविधिक शिक्षालयको सभाहलमा सम्पन्न संगठनको १२ औं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति पदाधिकारी चयन गरेको हो ।
संगठनको उपाध्यक्ष दानबहादुर बिसी, महिला उपाध्यक्षमा रेखा धिताल, सचिवमा दिलबहादुर केसी, सह–सचिव पद्मा शर्मा, कोषाध्यक्ष ओमप्रकाश पुन र सह–कोषाध्यक्षमा कल्पना जोशी निर्वाचित भएका हुन् ।
सो अधिवेशनले सदस्यमा जितबहादुर थापा, पुरन थारु, प्रेमलाल शर्मा, रेशमलाल चापागाईं, बेदबहादुर डाँगी, प्रेमप्रकाश बिसी, चुडामणी पोखरेल, लक्ष्मणप्रसाद आचार्य, जाकिर सिद्धकी, संजिव चौधरी, बिद्यादेवी बिक, पद्माकुमारी दर्लामी, मीना देवी यादव, सीतादेवी शर्मा, जमुना कुमारी रोकाय र ताराकुमारी न्यौपाने निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनले संगठनको केन्द्रिय प्रतिनिधिका रुपमा एकदेव पन्थी, आनन्द प्रसाद भट्टराई, सुन्दर गुरुङ, ऋषीराम सापकोटा र गोमा पोखरेललाई चयन गरेको छ । यस अघि अध्यक्षको लागि महेश शर्मा र सुवेदीले दाबी गर्दै आएकोमा अन्तिममा शर्माले सुबेदीलाई संगठनको नेतृत्व छाडे पछि सबै पदहरुमा निर्विरोध चयन भएको थियो ।

Next Post

नेपालगन्जको ट्राफिक व्यवस्थापनको लागि उप–महानगरको पहलमा सुर्खेतरोडका डिभाइडर हटाउन शुरु

१४ माघ २०७४, आईतवार १८:५२
सदरलाइनडटकम १५ माघ, नेपालगन्ज  : ट्राफिक व्यवस्थापनका लागि नेपालगन्ज उप–महानगरले सुर्खेतरोडमा राखिएका डिभाइडरलाई व्यवस्थित गर्न सुरु गरेको छ । नेपालगन्ज उप–महानगरका प्रमुख डा धवल शमशेर राणाको अध्यक्षतामा बसेको सर्वदलीय÷सर्वपक्षिय वैठकले गरेको निर्णयानुसार आईतबार रातीदेखि सडकमा भएका डिभाईडर उठाउन शुरु गरिएको हो । अत्यन्तै ग¥हुङ्गा डिभाईडर हटाउन दिउसो सम्भव नभएपछि क्रेनमार्फत […]