बाँकेमा शनिवार २६ जना कोरोनामुक्त

सदरलाइन संवाददाता २७ मंसिर २०७७, शनिबार ०९:११
 

नेपालगञ्ज : बाँकेमा शनिवार २६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १५ पुरुष र ११ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९ सय ३६ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय ७० जना रहेका छन् ।


हालसम्म बाँकेमा ४ हजार १ सय ४५ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ४० जनाको मृत्युु भइसकेको छ ।

Next Post

नौवस्तामा जन्ती बस दुर्घटना हुँदा १३ जना घाइते

२७ मंसिर २०७७, शनिबार ०९:११
कोहलपुर (बाँके) : बाँकेमा जन्ती बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सुर्खेतबाट जन्ती लिएर बर्दियातर्फ जाँदै गरेको भे १ ख २०१७ नम्बरको बस शुक्रवार राती साढे १० बजे बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ नौवस्ताको डिगियामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरुको नेपालगञ्ज मेडिकल मेडिकल कलेज […]