दार्चुलामा भीरबाट लडेर एक युवकको ज्यान गयो

सदरलाइन संवाददाता ४ कार्तिक २०७९, शुक्रबार १३:२२
 

नेपालगञ्ज : दार्चुलामा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ । लेकम गाउँपालिका–५ मैखोलीस्थित लिसिनी भीरबाट लडेर स्थानीय ३१ वर्षीय जयदेब जोशीको मृत्यु भएको हो ।

शुक्रबार बिहान डोका ल्याउन लेकम गाउँपालिका–२ गराडीतर्फ गएका जोशी भीरमा अड्किएको अवस्थामा मृत फेला परेका थिए ।


मृतकको परिवारमा बुबा, श्रीमती, एक छोरा र दुई छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

४ कार्तिक २०७९, शुक्रबार १३:२२
बाजुरा : अवैध भरुवा बन्दुक सहित बाजुराका एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले अवैध हतियार भरुवा बन्दुक सहित त्रिवेणी नगरपालिका ७ कोट्ट्यारी बस्ने वर्ष ४५ का नयाँ लुहार मिजारलाई पक्राउ गरेको हो । मिजारले आफ्नो घर भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा […]