सदरलाइनडटकम,
काठमाण्डौ : इथोपियाको अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडान भरेको इथोपियन एयरलाइन्सको बोइङ ७३७ दुर्घटनामा परेको छ । विमानमा १४९ यात्रु र ८ जना चालक दलका सदस्यहरू रहेको विमान कम्पनीले जनाएको छ ।
एयरलाइन्सका प्रवक्ताका अनुसार विमान दुर्घटना स्थानीय समय अनुसार आइतवार बिहान पौने नौ बजे भएको हो । जहाज इथोपियाको राजधानीमा यात्रु भरेर उड्ने क्रममा दुर्घटनाग्रस्त भएको उनले बताए । उक्त घटनामा कति मानवीय क्षति भयो भन्नेबारे अहिलेसम्म इथोपियाली सरकारले आधिकारिक जानकारी दिएको छैन ।
एयरलाइन्सले दुर्घटनामा परेका यात्रुको खोजी र उद्धार कार्य जारी रहेको बताएको छ । हताहतीको बारेमा केही नबताइता पनि इथोपियाका प्रधानमन्त्रीले मृतकका परिवारका सदस्यप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
(एजेन्सी)
