नौबस्था औद्योगिक क्षेत्र बिबाद नभएको जग्गाबाट निर्माण सुरु गरिने

सदरलाइन संवाददाता २ चैत्र २०८०, शुक्रबार १९:३२
 

 

बैजनाथ (बाँके) : उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाँकेको बैजनाथ गाउपालिका–२ को नौबस्तामा निर्माण हुने औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गरेका छन ।

उनले मुलुकमा औद्योगिक विकास नभएसम्म मुलुकको विकास पनि नहुने भएको बताउदै बर्तमान सरकार सातवटै प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गरी सञ्चालनमा ल्याउने तयारीमा रहेको बताउदै नौबस्ता औद्योगिक क्षेत्र निर्माणको लागि तीब्र पहल गरिने बताए ।

उनले सो क्षेत्रमा देखिएको जग्गा अतिक्रमण सम्बन्धित समस्याको सुकुमबासी समस्या समाधान आयोगमार्फत समाधान गरी निकास निकाल्ने तयारी गरिएको बताए । उनले बिबाद नभएको जमिनमा निर्माण कार्य थालनी गर्नको लागि आफुे मन्त्रालयका तर्फबाट पहल गर्ने बताए ।


औद्योगिक क्षेत्र व्यबस्थापन समितिका अध्यक्ष बाबुराम पन्तले पालिकाले बिबाद रहित जग्गाको किटानी गरेर दिए लगत्तै बिबाद नभएको जग्गामा निर्माण कार्य अघि बढाउने गरी तयारी भएको बताए । उने चालु आर्थिक वर्षभित्रै नौबस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अघिबढाउने जानकारी दिए ।

सो अवसरमा प्रदेश सभा सदस्य रत्न खत्री, नेपालगञ्ज उदोग बाणिज्य संघका अध्यक्ष टंक धामी, महासचिव भिमबहादुर रानाभाट लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उद्योग मैत्री बाताबरण बनाउदै सरकार

२ चैत्र २०८०, शुक्रबार १९:३२
  नेपालगञ्ज  : उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बर्तमान सरकार चुनौतीको चाँगैचाग रहेको अवस्थामा गठन भएको बताएका छन । उनले उद्योग व्यवसाय धरासयी हुन नदिन निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताए । डल्फिन गु्रपको १४औं वार्षिकोत्सवमा नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका […]

सम्बन्धित