भूकम्प पीडितलाई डा. पाण्डेले दिए एक महिनाको तलब

सदरलाइन संवाददाता २१ कार्तिक २०८०, मंगलवार १३:४४
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ फिजिसियन डा. राजन पाण्डेले आफ्नो एक महिना बराबरको तलब भूकम्प पीडितलाई सहयोग गरेका छन् । डा. पाण्डेले एक महिनाको तलब बराबर ६६ हजार रुपैयाँ सरकारी संयन्त्र मार्फत भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘निसासिएको अवस्थामा अक्सिजन, तिर्खाएको मानिसलाई पानी, भोकाएको अवस्थामा दुई गाँस खाना,जाडोले काँपिरहेको मानिसलाई कम्वल, बेसहारालाई प्यारको ढाडसभन्दा माथि न कुनै चिकित्सा,पार्टी, वाद वा धर्म छ, दुई दशक लामो चिकित्सा अनुभवमा मैले सिकेको पाठ यही हो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ।


भेरी अस्पतालमा उनी अचेल नियमित रुपमा भूकम्पबाट प्रभावित भएका घाइतेको उपचारमा खटिएका छन् । उनी अगाडी लेख्छन्, ‘यही अनुभवबाट प्रेरित भएर हालैको भुकम्प पीडितहरुको सहयोगमा मेरो ब्यक्तिगत तर्फबाट मेरो एक महिनाको तलब बराबर ६६,००० (छैंसठी हजार) नेपाल सरकारको सरकारी च्यानल मार्फत सहयोग गर्ने घोषणा गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पका घाइतेका लागि भेरीमा मनोसामाजिक उपचार शुरु

२१ कार्तिक २०८०, मंगलवार १३:४४
नेपालगञ्ज : भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइते बिरामीहरुका लागि मनोसामाजिक परामर्श र उपचार सेवा दिन थालिएको छ । जिल्ला आपत्तकालीन कार्यसंचालक केन्द्र बाँकेका अनुसार मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग जनशक्ति व्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पबाट घाइते शारीरिक चोट र परिवारका सदस्यहरु गुमाएका बिरामी, परिवार र […]