मालीमा बन्दुकधारीको आक्रमणबाट सयभन्दा बढीको मृत्यु

१० चैत्र २०७५, आईतवार १५:२६
 

सदरलाइनडटकम,
काठमाण्डौ : अफ्रिकी मुलुक मालीमा बन्दुकधारीको आक्रमणमा एक सयभन्दा बढीको मृत्यु भएको छ । मालीको मध्य क्षेत्रको ग्रामीण इलाकामा परम्परागत डोगोन शिकारीको पोशाकमा रहेका सशस्त्र आक्रमणकारीले गाउँलेमाथि अन्धाधुन्ध गोली चलाएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बन्दुकधारीले गाउँलाई घेराबन्दी गरेर मालीको मोप्ती क्षेत्रमा रहेको ओगोस्सागोउ गाउँका बासिन्दाको हत्या गरेको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा फुलानी जनजाति समुदायका मानिसको ज्यान गएको हो । मालीमा जनजाति तथा विद्रोही गतिविधि बढ्दै गएका छन् ।
यो समस्या समाधानको उपाय खोज्न संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरु मालीमा पुगेका छन् । बन्दुकधारीले गोली तथा सानो आकारको तरबारले आक्रमण गरी गाउँलेको हत्या गरेको बताइएको छ । जमिन र पानीका स्रोतमा स्वामित्वको विषयलाई लिएर फुलानी सुमदाय र डोगोन शिकारी समुदायबीच विवाद रहँदै आएको छ ।
(एजेन्सी)

Next Post

चार बुँदे सहमतिपछि धनगढी बन्द फिर्ता

१० चैत्र २०७५, आईतवार १५:२६
सदरलाइनडटकम, कैलाली : चार बुँदे सहमतिपछि धनगढीमा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको छ । साथै धनगढी अत्तरिया सडकमा यातायात पनि सुचारु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा रहेको सुधार गृहका कर्मचारी मृत फेला परेको घटनाको छानविनको माग गर्दै आइतवार विहानैदेखि धनगढी–अत्तरिया ६ लेन सडक अवरुद्ध गरिएको थियो […]