
सदरलाइनडटकम,
बर्दिया : लकडाउनमा पास पाएको गाडीमा ४७ ग्राम लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध ब्राउनसुगरको कारोबार तथा ओसारपसार गरिरहेको सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सवारी पास लिएको बा १२ च ६२९९ को नम्बरको अल्टो कारमा ४६ ग्राम ४३० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए ।
वैशाख ९ गतेदेखि १५ गतेसम्म पास लिइएको गाडी रमेश शर्मा न्यौपानेको नाममा बर्दिया जिल्लामा बिरामी बुबाको उपचारका लागि जाने गरि पास जारि गरिएको छ ।
भक्तपुर जिल्ला प्रशासनको पास रहेको गाडी बर्दियाको कोठियाघाट तिर शंकास्पद अवस्थामा गुडिरहेको जानकारी प्राप्त भएपछि गाडीसहित ४ जनालाई पक्राउ गरेको र गाडीको खान तलासी गर्दा स्टेरिङ भित्र लागुऔषध ब्राउनसुगर प्राप्त भएको उपरीक्षक बास्तोलाले बताए ।



