नेपालगञ्जका गाईगोरुको सुर्खेतमा उपचार हुँदै

२१ भाद्र २०७६, शनिबार १४:५१
 

सदरलाइनडटकम,
सुर्खेत : नेपालगञ्ज उपमहानगरपालिकाबाट ल्याई सुर्खेतमा बेवारिसे छोडिएका घाइते गाईगोरुको वीरेन्द्रनगर नगरपालिकाले उपचार गरेको छ । नगरपालिकाका वातावरण तथा विपद न्यूनिकरण उपशाखाका प्रमुख यामलाल गिरीका अनुसार नगरपालिकाले ४२ घाइते गाई–गोरुको उपचार गरेको हो ।
तीमध्ये दुई गाईगोरुको उपचारका क्रममा मृत्यु भएको छ । उपचारमा पशु सेवा उपशाखाले सहयोग गरेको हो । मरेका गाई–गोरुको व्यवस्थापन गर्न एक लाखभन्दा बढी खर्च भएको गिरीले बताए । बेवारिसे छाडिएका २२६ गाई–गोरु शुक्रवारसम्म नेपालगञ्ज पठाइएको छ । नगरपालिकाका अनुसार हालसम्म ३८ गाईगोरुको मृत्यु भएको छ ।
गतध्ध्साता नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखको श्रीस्थान लैजाने भन्दै ल्याइएका २९१ गाई–गोरुमध्ये केही सुर्खेतको ब्यूरेनी, सुब्बाकुना र कटकुवाका भिरबाट फालिएको अवस्थामा फेला परेका थिए ।

Next Post

नुवाकोटमा जिउँदै गाडिएको गाईको उद्धार

२१ भाद्र २०७६, शनिबार १४:५१
सदरलाइनडटकम, नुवाकोट : नुवाकोटको विदुर नगरपालिका ४ मा जिउँदै गाई गाडेको घटना सार्वजनिक भएको छ । जिउँदै गाडिएको गाईको जिवितै उद्धार गरिएको छ । गाईलाई जिउँदै गाड्न लागेको खबर गाँउमा फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्नु अगावै गाई पुर्ने मान्छे भने फरार भएका छन् । नजिकै […]