पूर्वमन्त्री राईद्वारा भेरी अस्पताललाई इरोशन बक्स प्रदान

२५ चैत्र २०७६, मंगलवार २२:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  कोबिड–१९ कोरोना भाईरसका संक्रमित बिरामीको उपचारमा प्रयोगका लागि पूर्वमन्त्री मोहम्द इस्तियाक राईले भेरी अस्पताललाई ईरोशन बक्स (हेड बक्स) उपलब्ध गराएका छन् । मंगलबार एक कार्यक्रमका बीच भेरी अस्पताल इर्मेजेन्सी वार्डका इन्चार्ज डा. पारश पाण्डेलाई ६ थान ईरोशन बक्स उपलब्ध गराईएको हो ।

कोरोना लागेका वा शकांस्पद विरामीको उपचारमा खटिने चिकित्सकहरुको सुरक्षाका लागि सो ईरोशन बक्सले सुरक्षा प्रदान गर्ने उद्देश्यले पूर्वमन्त्री राईको ब्यक्तिगत पहलमा उपलब्धता गरिएको हो । यसअघी उनले ४ वटा ईरोशन बक्स नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताललाई उपलब्ध गराएका थिए ।

ईरोशनबक्स (हेडबक्स)ले उपचारमा खटिने चिकित्सक, नजिकै रहेका विरामीको सुरक्षामा सघाउ पुर्याउने डाक्टर पाण्डेले बताए । डा.पाण्डेका अनुसार यस्तो उपकरणले डाक्टर र बिरामीको वरपर रहेका अन्य बिरामी समेतको सुरक्षा गर्ने र यो पनि एक प्रकारको पिपिई नै हो ।


नेपालमा पिपिईको अभाब रहेको बेला नेपालगञ्जमै बनाएको सिसाको ईरोशनबक्स पूर्वमन्त्री राईको आफ्नो पहलमा नेपालगञ्जमै बनाएको र अझै यस्ता उपकरणहरु निर्माण गर्दै जाने र बाँकेमा रहेका अस्पतालहरुलाई प्रदान गर्ने योजना रहेको समाजवादी पार्टी नेपाल बाँकेका अध्यक्ष कमरुद्दिन राईले बताए ।

उनले चिकित्सकहरुको सुरक्षाका लागि उपकरण प्रदान गरिएको र आगामी दिनमा पनि आबस्यक उपकरण पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए । यसअघि पनि पूर्वमन्त्री राईको पहलमा बाँकेका ४७ वटा एम्वुलेन्स चालकहरुलाई पीपीइ सेट उपलब्ध गराइएको थियो ।

Next Post

कैलपाल अस्पतालद्वारा भेरीलाई दियो २० थान गुणस्तरीय पिपिई

२५ चैत्र २०७६, मंगलवार २२:१०
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जको कैलपाल हस्पिटल एण्ड कलेजले कोबिड–१९ नोबेल कोरोना भाईरसको संक्रमणका विरामीको उपचारमा संलग्न चिकित्सको सुरक्षाको लागि नेपालगञ्जको भेरी अस्तपाललाई विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई ) हस्तान्तरण गरेको छ । कलेजका प्रबन्ध निर्देशक सन्जय सिंहले कोरोना भाइरस कोभिड–१९ संक्रमणको उपचारमा पहिलो मोर्चामा लडिरहेका स्वास्थ्यकर्मीका […]