केविड–१९ राहत कोष बाँकेद्वारा राहत बितरण सुरु

२१ चैत्र २०७६, शुक्रबार ०९:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  विस्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोबिड–१९) को संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनबाट प्रभावित भएका र दैनिक ज्यालादारी गरि गुजारा गर्नेलाई लक्षित गरी स्वस्फूर्त रुपमा निर्माण गरिएको केविड–१९ राहत कोष,बाँकेले आफ्नो उद्देश्य अनुसार राहात सामाग्री उपलब्ध गराउन सुरु गरेको छ ।

लकडाउनबाट प्रभावित भएका र दैनिक ज्यालादारी गरि गुजारा गर्नेलाई लक्षित गरी स्वस्फूर्त रुपमा सहयोग पुर्याउने उद्देश्यले पाँच नंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको संयोजकत्वमा गठित समितिले बाँकेका स्थानीय निकायलाई राहात सामाग्री हस्तान्त्रण गरिएको हो ।

स्थानीय तहले लक्षित वर्गलाई वितरण गर्ने गरि हस्तान्त्रण गरिएको सामानमा १० कुन्टल चामल , २ कुन्टल दाल, १ कुन्टल नुन, १सय लिटर तेल र १३५ पिस हातधुने साबुन सबै स्थानीय तहलाई हस्तान्तरण गरियको छ ।


नरैनापुरमा अध्यक्ष मो. ईसितयाक शाह, राप्तीसोनारी वडानं. २ मा वडा अध्यक्ष मदन ओली, बैजनाथ गाउपालिकामा अध्यक्ष मानबहादुर रुचाल, संविधानसभा सदस्य तथा पुर्ब राज्यमन्त्री दलबहादुर सुनार, कोहलपुर नगरपालिकामा मेयर लूटबहादुर रावत ,नेकपा बाकेका सचिव अशोक कोइराला, जानकी गाउपालिकामा अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भुमिसरा धिताल र खजुरा गाउपालिकामा अध्यक्ष किस्मतकुमार कक्षपती, भिम ओली लगायतको उपस्थितिमा बितरण गरिएको थियो ।

यस समितिको तर्फबाट सदस्यहरु संजय थापा, बिजया धिताल , भिमबहादुर रानाभाट , धनराम ओलि, सुर्यप्रकास घर्ती र किराना तथा खाद्य ब्याबसायी संघ बाँकेका उपाध्यक्ष प्रमोद अग्रवाल तथा महासचिव टोपबहादुर थापा सहितको टोलिले संयुक्त रूपमा राहत सामाग्री हस्तान्तरण गरिएको थियो ।

विभिन्न ३५जना मनकारी मनहरुले प्रदान गरेको रकमबाट खाध्य सामाग्री खरिद गरि हालसम्म ६ वटा पालिकामा वितरण गरिएको साथै नेपालगञ्ज उपमहानगर र डुडुवा गाउपालिकामा बितरण गर्ने तयारीमा रहेको समितिका सदस्य सचिव धनराम ओलीले जानकारी दिए ।

Next Post

एकता युवाक्लव पुरैनाद्वारा राहत बितरण

२१ चैत्र २०७६, शुक्रबार ०९:००
सदरलाइनडटकम, नेपालगञ्ज : विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि अाव्हान गरेको लकडाउनकाे प्रभावका कारणबाट साझ बिहानकाे समस्यामा परेकाहरुलाई राहात उपलब्ध गराउन थालिएको छ । एकता युवा क्लब पुरैनी २२ बाट कलबका अध्यक्ष राजेश कुमार यादवको अध्यक्षतामा ३२ घर बिपन्न परिवारलाई राहत बितरण गरिएकाे स्थानीय चेतबहादुर घर्तीले जानकारी […]