प्रभातफेरि र सभा आयोजना गरी नर्सिङ दिवस मनाइयो

२९ बैशाख २०७४, शुक्रबार १५:०२
 

 रासस/ सदरलाइनडटकम  

२९ वैशाख, नेपालगन्ज :अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा नेपाल नसिङ सङ्घ, बाँके शाखाले आज यहाँ प्रभातफेरि र सभा गरेको छ । स्थानीय भेरी अञ्चल अस्पतालबाट निस्केको प्रभाफेरि नेपालगन्ज बजारको परिक्रमापछि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।


सङ्घका जिल्ला अध्यक्ष लक्ष्मी केसीको सभापतित्वमा भएको सभामा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, प्रहरी उपरीक्षक टेकप्रसाद राई, भेरी अस्पतालका प्रमुख बीबी चन्द, जनस्वास्थ्य प्रशासक खिमबहादुर खडका र सङ्घकी उपाध्यक्ष मनिता प्याकुरेलले नर्सिङ पेसालाई थप मर्यादित बनाउन सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

सभामा नेपालगन्ज नर्सिङ क्याप्पसका पूर्व प्रमुख डा शान्ता आचार्यलाई सम्मान गरिएको थियो । जिल्लाका सिकलसेल रोगका बिरामीका लागि नर्सिङका २१ विद्यार्थीले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सवारी दुर्घटनामा ज्यान गुमाउनेलाई सम्झदै नेपालगन्जमा मैनबत्ति बालियो

२९ बैशाख २०७४, शुक्रबार १५:०२
सदरलाइनडटकम     ३० बैशाख नेपालगन्ज : सडक दुर्घटनामा ज्यान गुमाउनेको आत्मा शान्तिको कामना र सडक दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरको आयोजनामा नेपालगन्जको धम्बोझीचोकमा मैनबत्ति बालिएको छ । ‘जीवन बचाउ, गति कम गरौ’ भन्ने नाराका साथ साताव्यापी ट्राफिक चेतना सम्बन्धित विभिन्न कार्यक्रम गरी मनाउने क्रममा सडक सुरक्षा समाज […]