५ थान रेडपाण्डाको छालासहित दाङमा ३ जना पक्राउ

सदरलाइन संवाददाता १४ फाल्गुन २०७८, शनिबार १३:५०
 

नेपालगञ्ज : दाङमा प्रतिबन्धित बन्यजन्तु ५ थान रेडपाण्डाको छालासहित ३ जना पक्राउ परेका छन् । ठूलो मात्रमा हिमाली क्षेत्रबाट बन्यजन्तुको ओखेटोपहार रेडपाण्डाको छाला ल्याएर विक्रि वितरण गर्न लागेको सूचना आधारमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ३२ का राम बहादुर थापा, लुङग्री गाउँपालिका वडा नं.३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका वडा नं.७ बस्ने वर्ष १९ का राम कुमार पुन मगरलाई पक्राउ गरिएको दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ–प्यूठान सडक खण्डमा जाँच गर्ने क्रममा ३ जनालाई प्रहरीले ५ थान रेडपाण्डाको छालासहित पक्राउ गरेको छ । पक्राउ परेकाहरुले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको प्रहरी प्रमुख काफ्ले बताए ।


लोपोन्मुख हुन लागेको रेडपान्डा यति ठूलो परिमाणमा मारिनु भनेको यसको अस्तित्व नै थप संकटमा पर्ने अवस्थामा पुगेको उनको भनाई छ । बजारमा रेडपान्डाको छालाको मूल्य नभए पनि अवैध रुपमा यसको कारोबार हुने गरेको छ ।

पक्राउ परेका ३ जनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शनिवार १६ जनामा कोरोना पुष्टि

१४ फाल्गुन २०७८, शनिबार १३:५०
नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ११ र एन्टिजेन परीक्षणमा ५ जना गरी ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको पीसीआर ल्याबमा ६ र मेडिकल कलेज कोहलपुरमा ५ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन […]