बारबर्दिया र राजापुर नगरपालिकामा परियोजनाको समिक्षा तथा समापन बैठक

सदरलाइन संवाददाता २४ श्रावण २०७८, आईतवार १९:३९
 


बर्दिया  : बाँके युनेस्को क्लबले बर्दियाको बारबर्दिया र राजापुर नगरपालिकामा सञ्चालन गरिएको आकस्मिक प्रतिक्रिया तथा प्रारम्भिक पुनर्लाभ कोष परियोजनाको समिक्षा तथा समापन बैठक सम्पन्न गरिएको छ ।

प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बारबर्दिया तथा राजापुर नगरपालिकामा सञ्चालन गरेको सो परियोजनाको दुबै नगरपालिकामा आयोजना गरिएको समिक्षा तथा समापन बैठकमा परियोजना उत्कृष्ठ रुपमा सफल भएको तथा सही समयमा सही वर्गलाई सहयोग र सचेतना प्रदान गरिएको ठहर गरिएको छ ।

सो परियोजना अन्तर्गत क्लबले बारबर्दियाका ४ सय ४३ र राजापुरका ४२८ अति विपन्न असहाय र गरिब परिवारलाई सरसफाई तथा स्वच्छता सम्बन्धी सामाग्री वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

उनले त्यसका साथै कोभिड विरुद्ध समुदायमा सचेतना फैलाउने उदेश्यले दुबै नगरपालिकामा होर्डिंग बोर्ड जडान गरिनुका साथै हात धुने स्थानहरु बनाईएको र रेडियो मार्फत विभिन्न सचेतनामुलक सन्देसहरु पनि प्रवाह गरिएको बताए ।


बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु कबिरको अध्यक्षतामा भएको परियोजनाको समिक्षा तथा समापन बैठकमा नगर प्रमुख थारुले कोभिडको दोस्रो लहरको बेला पालिकाले गर्न नसकेको काम अति विपन्नलाई युनेस्कोले स्वच्छता सामाग्री सहयोग गरेको र समुदायमा सचेतना फैलाएको जनाउँदै आभार व्यक्त गरे । उनले भविष्यमा तेस्रो लहरको संभावना देखिएकोले सो रोक्न पनि क्लबले सहयोग गर्ने आशा व्यक्त गरे ।

सो बैठकमा उपमयेर अन्जु दहित, निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त शाही, नगरकार्यपालिकाका सबै सदस्यहरु, नगर प्रवक्ता दुर्गबहादुर विक तथा स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्मा लगायतको सहभागिता रहेको थियो । सोही प्रकारले राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीको अध्यक्षतामा राजापुरमा पनि परियोजनाको समिक्षा तथा समापन बैठकको आयोजना गरियो ।

बैठकलाई सम्बोधन गर्दै उपमेयर चौधरीले महामारीले अतिनै संकट परेको बेला बाँके युनेस्को क्लब र प्लान नेपालले गरेको काम तथा सहयोग सधैं स्मरणीय रहने बताईन । उनले पालिकाका अति विपन्नलाई गरिएको सहयोग र दिईएको सचेतनाले धेरै ठुलो फाइदा पुगेको बताईन ।

बैठकमा स्वास्थ्य शाखाका निमित्त प्रमुख हरिलाल चौधरी, नगर कार्यपालिकाका सबै सदस्यहरु, नगरपालिकाका प्रवक्ता धरणीधर चौधरी लगायतको सहभागिता रहेको र सहभागि सबैले आगामी दिनमा पनि क्लबले राजापुरमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरा राख्नु भएको परियोजनाका कार्यक्रम संयोजक दयाराम चौधरीले बताए । उनले बर्दियाका दुबै नगरपालिकामा विना कुनै विवाद सफलतापुर्वक कार्यक्रम सफल गर्न सहयोग गर्ने सबैलाई सो अवसरमा धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नाथनको कलेज निर्माणको लागि सहमति जुट्यो

२४ श्रावण २०७८, आईतवार १९:३९
नेपालगञ्ज : नेपालगञ्जको बसुदेवपुरमा निर्माणका लागि प्रस्तावित नेपाल एकेडमी अफ, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथन) कलेज निर्माणको काम अघि बढ्ने भएको छ । कलेज निर्माणमा स्थानीयले अवरोध गरेपछि रोकिएको निर्माण कार्य सर्बदलिय, सर्वपक्षिय छलफलपछि समाधान हुँदा निर्माण कार्य अगाडि बढ्ने भएको हो । नेपालगञ्ज उपमहानगर वडानं. १९ मा सो कलेज […]

सम्बन्धित