प्रेस चौतारी बाँकेको १५ औ साधारणसभा ११ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै सम्पन्न

सदरलाइन संवाददाता १७ बैशाख २०८०, आईतवार १९:४८
 

नेपालगञ्ज :  प्रेस चौतारी बाँकेको १५ औ साधारण सभा ११ बुँदे नेपालगञ्ज घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

सो साधारण सभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाली पत्रकारिताको नयाँ प्रयायवाची भएको दाबी गरे । उनले जनताको जनजीविकाको बारेमा आवाज बुलन्द गर्ने कार्यमा प्रेस चौतारीले उल्लेखनिय भुमिका निभाउदै आएको बताए ।

अध्यक्ष बस्नेतले प्रेस चौतारीको संगठनात्मक संरचनालाई चुस्त दुरुस्त राख्नको लागि बेलाबेलामा प्रशिक्षण, साधारण सभाको आयोजना गरी संंगठनमा निखार ल्याईने कुरामा जोड दिर्दै पत्रकारिता पेशामा मात्र रहेकालाई संगठनको सदस्यता दिईने बताए ।

सो अवसरमा चौतारीका महासचिव हिरामान लामाले संगठनको अनुशाशनलाई आत्मसाथ गर्दै पत्रकारिताको माध्यामबाट अघि बढ्नको लागि प्रेस चौतारी निश्चित गन्तब्य भएको दाबी गरे ।

सो अवसरमा एमाले केन्द्रीय सदस्य मो हारुण, चौतारीका केन्द्रीय सचिव प्रदिप आचार्य, प्रदेश सहईन्चार्ज तथा केन्द्रीय सदस्यहरु रुद्र सुवेदी, टिका बस्नेत, प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना, महासचिव निरु गौतम, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, लगायतले साधारण सभाको सफलताको कामना व्यक्त गरेका थिए ।

सो साधारण सभाले पारित गरेको घोषणा पत्र
१) लोकतान्त्रिक आन्दोलन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अधिकारको आन्दोलनमा महत्त्वपूर्ण योगदान पु¥याउनुहुने ज्ञात अज्ञात सबै सहिदहरुप्रति साधारणसभा हार्दिक श्रद्धासुमन सहित सम्मान गर्दछ ।

२) प्रेस चौतारी नेपालको माग र दवावका आधारित, नेपाल पत्रकार महासंघले सदस्यता शुिद्धकरणका लागि जारी गरेको कार्यविधिलाई स्वागत गर्दै, यसको अक्षरसः कार्यान्वयनका लागि यो साधारण सभा आह्वान गर्दछ ।

३) आमसञ्चारको सम्मान विकास र संम्बर्धन हुनेगरि बाँकेका सबै स्थानीयतहका सरकारलाई जवाफदेही बन्न अनुरोध गर्दछ । प्रेस तथा आमसञ्चारसंग सम्बन्धित कानुन निर्माण गर्दा प्रेस चौतारीसंग समन्वय र सहकार्य गर्न आग्रह गर्दछ । साथै, प्रेस तथा सन्चारक्षेत्रका नाममा गरिएका लगानी पारदर्शी र विधिसम्मत गर्न यो सभा आह्वान गर्दछ ।


४) सन्चारमाध्यम तथा सन्चारकर्मीहरुको संरक्षणका निमित्त नियमित लोककल्याणकारी विज्ञापनलाई समानुपातिक ढंगले वितरणका लागि आह्वान गर्दछ ।

५) . पत्रकारहरुको छातासंगठन नेपाल पत्रकार महाँसघ र सम्बद्ध निकायहरूलाई श्रमजीवी पत्रकारहरुको हकहित र पेशागत सुरक्षाको ग्यारेन्टी हुनेगरी विशेष व्यवस्था मिलाउन यो सभा आह्वान गर्दछ ।

६) नेपाल पत्रकार महाँसघको सदस्यता वितरण एवम् स्थानान्तरणमा नियम विपरीत नगर्न, राजनीतिक आग्रह पुर्वाग्रह नराख्न पत्रकार महाँसघको ध्यानाकर्षण गराउदछौं । कथमकदाचित यो ध्यानाकर्षण विरुद्ध कुनै कार्य हुन गए प्रेस चौतारी बाँके शाखा प्रतिरोधमा उत्रन बाध्य हुनेछ ।

७). प्रेस चौतारी बाँकेको १५ औं साधारणसभामा प्रमुख आथित्यता गर्ने केन्द्रीय अध्यक्ष गणेश बस्नेत, महासचिव हिरामान लामा, सचिब प्रदिप आचार्य, प्रदेश महासचिव निरु गौतम, संगठनका केन्द्रीय सदस्यहरु लगायत सम्पूर्णमा साधारणसभा हार्दिक आभार ब्यक्त गर्दछ ।

८) साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने नेपालगञ्ज उद्योग बाणिज्य संघ प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष तथा प्रदेशका पदाधिकारी तथा सदस्यहरु लगायत सम्पूर्ण अग्रजहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै, साधारण सभाबाट सम्मानित हुनुहुने बरिस्ठ पत्रकारहरुमा यो सभा हार्दिक बधाई ज्ञापन गर्दछ ।

९) प्रेस तथा स्वतन्त्रता विरुद्ध धावाबोल्ने, वाक तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सामन्तवादी व्यवस्थाको पृष्ठपोषका लागि नागरिक अभिनन्दनका बाहानामा भईरहेको राजनीतिक हर्कत बन्द गर्न साधारण सभा आह्वान गर्दछ ।

१०) पत्रकारमाथी भईरहेका धाकधम्की, आक्रमण, पत्रकार महिलामाथि हुने गरेका हतोत्साहिपुर्ण ब्यबहार बन्द गर्न आह्वान गर्दै पत्रकारको पेसागत तथा व्यक्तिगत सुरक्षाको ग्यारेन्टी गर्न यो सभा जोडदार माग गर्दछ ।

११) क्षमातावान महिलाहरुलाइ सन्चारगृह, पेशागत संघ संगठन, पत्रकार महासंघ लगायतका स्थानहरूमा क्षमता अनुसारको उपयुक्त जिम्मेवारी प्रदान गर्न सम्पूर्ण संघसंगठनका अध्यक्ष तथा सम्पादक÷प्रकाशकहरुमा यो सभा आह्वान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा डेंगीका विरामी देखिए

१७ बैशाख २०८०, आईतवार १९:४८
कोहलपुर (बाँके) :  बाँकेको कोहलपुरमा ५ जनामा डेङ्गी देखिएको छ । कोहलपुर नगरपालिका नगर अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका मध्ये ५ जनामा डेङ्गी संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दिपक शर्माले जानकारी दिए । उनले डेङ्गी संक्रमण पुष्टि भएकाहरुमा १ जना पुरुष र ४ जना महिला रहेको बताए । कोहलपुर नगरपालिका वडा […]