आजदेखि राष्ट्रिय जनगणना सुरु बाँकेमा विहान प्रभातफेरी

सदरलाइन संवाददाता २५ कार्तिक २०७८, बिहीबार १३:३१
 


नेपालगञ्ज : ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित आज २५ कात्तिकबाट मंसिर ९ गतेसम्म सम्पन्न हुने राष्ट्रिय जनगणनाका जनगणना कार्यालय बाँकेले नेपालगञ्जमा सचेतनामुलक प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न प्रभातफेरी कार्यक्रममा राष्ट्र सेवक कर्मचारी, गणक, सुपरिवेक्षक लगाएत सहभागी रहेको प्रभातफेरी बीपीचोकबाट सुरु गरी नगर परिक्रमा गरी धम्बोझीचोकमा समापन भएको थियो ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी केसीले प्रत्यक १०–१० वर्षमा हुने जनगणनामा कोही पनि नछुट्नको लागि गणनामा खट्ने गणक र सुपरिवेक्षकलाई निर्देशन दिए । नेपालमा सर्वप्रथम विसं १९६८ सालमा शुरु भएको यो जनगणना विसं २०७८ सालमा हुने जनगणना नेपालको १२ औँ राष्ट्रिय जनगणना हो ।

जिल्ला जनगणना कार्यालय बाँकेका प्रमुख बेदप्रसाद ढकालले बाँकेका ८ वटै पालिकामा अनुमानित १ लाख ३२ हजार घरधुरीसम्म पुग्नको लागि ६ सय २७ गणक र १ सय ४२ सुपरिवेक्षक खटाईएको जानकारी दिए ।


यही  कात्तिक  २५  गतेदेखि  मंसिर  ९ गतेसम्म जनगणनामा गणक घरघर पुगेर तथ्याङ्क लिने जनगणना कार्यका लागि खटिएका गणकले राष्ट्रिय जनगणना, २०७८ मा सोधिने प्रश्नावलीमा घर र घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सार्वजनिक गरि सकेकोले सहज हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेट्रोलियम पदार्थमा मूल्यबृद्धिविरुद्ध नेपाल बन्दको घोषणा

२५ कार्तिक २०७८, बिहीबार १३:३१
नेपालगञ्ज : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पेट्रोलियम पदार्थको मूल्य बढेकोप्रति विरोधका कार्यक्रम सार्वजनिक गर्दै नेपाल बन्दको घोषणा गरेको छ । पार्टीका महासचिव विप्लवले बिहीवार एक वक्तव्य जारी गर्दै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा बिरोध गर्दै संघर्षका कार्यक्रमको घोषणा गर्नुभएको हो । कार्तिक २५ गतेदेखि कार्तिक […]