सीमानाका शिल हुँदा जनजीवन प्रभावित

२२ बैशाख २०७६, आईतवार २१:०५
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : भारतको उत्तर प्रदेशमा बैशाख २३ गते हुने लोकसभा निर्वाचनको लागि बैशाख २१ गतेसाँझ ६ बजेदेखि बोर्डर बन्द हुँदा नेपालगन्जको जमुनाह नाकाबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण व्यक्ति, मालबाहक सवारीका साधन हिजो शनिबारदेखि नै सीमा क्षेत्रबाट फर्काईएका छन् ।
सोमबार साँझ ६ बजेदेखि मात्रै जमुनाह नाका सुचारु हुने छ । भारतबाट औषधि उपचार तथा रोजगारी नेपालतर्फ आउने व्यक्तिहरु पैदल हिडेर आउन दिईए पनि भोलि सोमबार निर्वाचनको दिन पुरा आवगमन ठप्प पारिने भारतीय सुरक्षा निकायले जनाएको छ ।
भारतको उत्तर प्रदेशमा बैशाख २३ गते हुने लोकसभा निर्बाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सिमा समन्वय समितिको ५१ औं बैठकले शनिबार साँझ ६ बजेदेखि सोमबार २३ गते साँझ ६ बजेसम्म बाँके र बर्दियामा नेपाल–भारत सीमा क्षेत्रमा आवगमन ठप्प हुनेगरी बोर्डर बन्द हुने सहमति भएको थियो ।
जिल्ला प्रशाशन कार्यालय बाँकेले भारतमा हुन लागेको लोकसभा निर्वाचनको लागि नेपाल–भारत सीमा क्षेत्रमा बैशाख २१ गतेसाँझ ६ बजेदेखि २३ गते साँझ ६ बजेसम्म सर्वसाधारण आवागमनका लागि निषेध गरिएको सूचना जारी गरेको छ ।  

Next Post

रुक्सारको हत्या भएको माइती पक्षको आरोप

२२ बैशाख २०७६, आईतवार २१:०५
सदरलाइनडटकम, नेपालगञ्ज : दाइजो नल्याएको भन्दै बाँकेकी एक किशोरीको कैलालीमा हत्या गरिएको आफन्तले आरोप लगाएका छन् । किशोरीका आमा–बुवाले सोमवार पत्रकारहरुसँग कुरा गर्दै दाइजो नदिएको भन्दै आफ्नी २६ वर्षीया छोरीको हत्या भएको दावी गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुरकी रुक्सार कुरैसीको भारत नारापाराका साहिबे आलम कुरैसीसँग नौ […]

सम्बन्धित