सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा मंगलवारदेखि राहत वितरण शुरु भएको छ । ६ वटै वडामा राहत वितरण शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।
उनका अनुसार ६ वटा वडाका ८ सय जना श्रमिक र असहायहरुलाई राहत वितरण गरिँदैछ । प्रति परिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पोका नुन र २ वटा साबुन वितरण गरिएको खरालले बताए ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेदेखि गरीब, विपन्न र असहायहरुको तथ्यांक तयार गरी एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताए । आवश्यकतानुसार राहत वितरणको दायरालाई फराकिलो बनाउँदै लैजाने लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।


