कोरोना भाइरसबाट एकदिनमा २,६७३ जनाको मृत्यु (सूचीसहित)

१७ चैत्र २०७६, सोमबार ०७:२४
 

सदरलाइनडटकम,
काठमाडौं  :  कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ६ सय ७३ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै इटलीमा ७ सय ५६ जनाले ज्यान गुमाए ।

स्पेनमा ६ सय २४ जनाले, फ्रान्समा २ सय ९२, बेलायतमा २ सय ९, अमेरिकामा १ सय ४३ र नेदरल्याण्ड्समा १ सय ३२ जनाले ज्यान गुमाएका छन् ।


संक्रमितको हिसाबले आज सबैभन्दा धेरै अमेरिकामा ९ हजार ६ सय ६२ जना संक्रमणमा परेका छन् । संसारभर संक्रमितको संख्या ७ लाख ८ हजार २० पुगेको छ ।

ज्यान गुमाउनेको संख्या ३३ हजार ५ सय २९ पुगेको छ । नागरिकखबरबाट

Next Post

मन्त्रिपरिषदको राहत प्याकेज निर्णय

१७ चैत्र २०७६, सोमबार ०७:२४
सदरलाइनडटकम, काठमाडौं  : आइतबारको मन्त्रिपरिषदले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । संक्रमण फैलन नदिनको लागि आव्हान गरेको लकडाउनमा सरकारको यो निर्णयले राहत हुने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत […]