विश्व क्यान्सर दिवसमा बाँकेमा सचेतनामूलक प्रभातफेरी

सदरलाइन संवाददाता २१ माघ २०८०, आईतवार १४:३९
 

नेपालगञ्ज : आइतवार विश्व क्यान्सर दिवस, क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

दिवसका अवसरमा बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले सचेतनामूलक प्रभातफेरी निकालेको छ । नेपालगञ्जको गणेशमान चोकबाट शुरु भएको प्रभातफेरी मेडिकल कलेज, बीवी चोक हुँदै धम्बोजी चोकमा पुगेर समापन भएको थियो ।


सो अवसरमा सहभागीहरुले क्यान्सरका बारेमा विभिन्न सचेतनामूलक नारा अंकित प्लेकार्ड बोकेका थिए । प्रभातफेरीमा अस्पताल विकास समितिका अध्यक्ष, चिकित्सक, नर्स, कर्मचारी लगायतको उपस्थिति थियो । अस्पतालले आइतवार क्यान्सर रोग लागेर उपचार पछि निको भएकाहरुलाई सम्मान समेत गरेको छ ।

विश्वमा सबैभन्दा धेरै मुत्यु गराउने रोगमध्ये प्रमुख रोग क्यान्सर हो । क्यान्सर बालकदेखि वृद्धसम्म जुनसुकै उमेर समूहलाई लाग्ने रोग हो । यो रोग शरीरका जुनसुकै अंगमा लाग्न सक्ने चिकित्सकको भनाइ छ ।

विश्वव्यापी रूपमा हेर्दा पुरुष र महिलाको हकमा फोक्सोको क्यान्सर र महिलाको हकमा पाठेघर र स्तनको क्यान्सर सबैभन्दा बढी मात्रमा लाग्ने गर्दछ । जीवनशैली र खानपानमा सुधार गरेर क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केशर बचाउ अभियानमा १५ हजार बढी सहयोग

२१ माघ २०८०, आईतवार १४:३९
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ स्थित महादेवपुरी सनराइज ईंमी स्कुलले गत मंगलबार सडक दुर्घटनामा गम्भिर घाइते भइ भारतको लखनउमा उपचारार्थ राप्तीसोनारी गाउँपालिका ९ का केशर खडकालाई १५ हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ । शुक्रबार लुम्बिनी प्रदेशका स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गर्दै विद्यालयले दुर्घटनामा […]