छाडा पशु चौपाया व्यवस्थापन गर्दै नेपालगञ्ज उपमहानगरपालिका

सदरलाइन संवाददाता ८ मंसिर २०७९, बिहीबार १६:०७
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियान थालेको छ । बिहीवार विहानदेखि नगरका विभिन्न ठाउँबाट छाडा पशु चौपायालाई धपाएर नेपालगञ्ज–२१ विर्तास्थित काञ्जीहाउस लैजान थालिएको छ ।

नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल आफैं सडकमा निस्केर पशु चौपाया व्यवस्थापन कार्यमा लागेका छन् । नगर प्रहरी प्रमुख सूर्य बोगटीको नेतृत्वमा छाडा पशु चौपाया काञ्जी हाउस लगिएको छ । बिहीवार कारकाँदो क्षेत्रबाट २८ वटा घोडा खच्चडलाई काञ्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख बोगटीले बताए ।

सडकमा छाडा पशु चौपाया बढ्न थालेपछि उपमहानगरपालिकाले नियन्त्रण र व्यवस्थापन थालेको हो । छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढ्न थालेपछि नियन्त्रण र व्यवस्थापन कार्यलाई अभियानकै रुपमा अघि बढाइने नगर प्रमुख विष्टले बताए ।


“दैनिकरुपमा नै अब सडकबाट छाडा पशु चौपाया धपाएर काञ्जीहाउस लैजान्छौं,“ नगर प्रमुख विष्टले भने–“छाडा पशुचौपाया व्यवस्थापनलाई हामी उच्च प्राथमिकतामा राखेर काम गर्छौं ।“ सडकमा जथाभावी पशु चौपाया छोड्ने विरुद्ध कडा ढंगले प्रस्तुत हुने विष्टको भनाई छ ।

जथाभावी पशु चौपाया छोड्नेहरुले काञ्जी हाउसमा पुर्याइएका छाडा पशु चौपाया फिर्ता लिन दैनिक १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्दछ । सात दिनसम्म पनि कोही लिन नआएमा लिलाम गरिने उपमहानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके–२ मा समानुपातिकतर्फ जसपा पहिलो

८ मंसिर २०७९, बिहीबार १६:०७
नेपालगञ्ज : बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ जसपाले सबैभन्दा बढी मत पाएको छ । जसपा २०१९५ मतका साथ पहिलो दल बन्दा ११३४८ मतका साथ राप्रपले दोस्रो धेरै मत पाएको छ । तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १०१७५ मत पाउँदा नेकपा एमालेले ९३२० मत पायो । नेकपा माओवादी केन्द्रलाई […]