सदरलाइनडटकम,
नेपालगञ्ज : नेपागञ्जस्थित कारागारमा अधिकांश लागूऔषधका कैदीबन्दी रहेको भेटिएको छ ।। कुल दुई सय ५० क्षमताको कारागारमा क्षमताभन्दा धेरै दुई सय ८६ जना लागूऔषध ओसार पसार र बेचविखन सम्बन्धि मुद्दामा सजाय भोगिरहेका र पुर्पक्षका लागि थुनामा रहेका कैदी थुनुवा भएको कारागारका निमित्त प्रमसख दीपेन्द्रप्रसाद पौडेलले बताए ।
उनले कुल सात सय ३९ कैदी थुनुवामध्ये दुई सय ८६ जना लागूऔषध सम्बन्धि मुद्दाका कैदी रहेको जानकारी दिए । उनले लागूऔषधसम्बन्धि एक सय २५ कैदी र एक सय ६१ जना थुनुवा भएको बताए । तिमध्ये १८ जना महिला कैदी थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ । हरेक हप्ता एक जना लागूऔषध सम्बन्धि मुद्दाका थुनुवा र कैदी आउने गरेको पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार, कारागारमा एक सय ३६ जना कर्तब्य ज्यान र सवारी ज्यान सम्बन्धि मुद्दाका कैदी–थुनुवा रहेका छन् । ९५ जना कैदी र ४१ जना थुनुवा भएको बताए । कारागारमा सजाय भोगिरहेका मध्ये जवरजस्ती करणी सम्बन्धि मुद्दामा सजाय खेपिरहेका कैदी–थुनुवाको संख्या पनि उल्लेख्य छ ।
भाद्र १ गतेसम्म जवरजस्ती करणीका ६० कैदी र ३९ थुनुवा गरि ९९ जना रहेको कारागार प्रशासनले जनाएको छ । कारागारमा मानव बेचविखन अभियोगमा सजाय भोगिरहेका कैदी र थुनुवाको संख्या पनि धेरै छ । मानव बेचविखनका १२ कैदी र २३ थुनुवाले कारागारमा बसेर सजाय भोगिरहेको निमित्त प्रमुख पौडेलले जानकारी दिए ।
उनका अनुसार, अपहरण तथा शरिर बन्धकका २३, वन सम्बन्धि २०, डाँका–चोरीका १९, ज्यान मार्ने उद्योगका १९, केहि सार्वजनिक अपराधका १४, हातहतियार तथा खरखजाना सम्बन्धि ६ र गौबधका सात तथा विविधका ६८ जना कैदी–थुनुवा नेपालगन्ज कारागारमा रहेका छन् ।