स्वास्थ्यकर्मीलाई विदामा नबस्न नेपालगञ्ज उप–महानगरको निर्देशन

१ चैत्र २०७६, शनिबार २०:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विश्वव्यापी फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण बाँकेमा भित्रिन नदिन उच्च सावधानी अपनाउदै स्थलमार्ग र हवाईमार्गमा थप सर्तकता अपनाईने भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाले सीमाक्षेत्र जमुनाह र नेपालगञ्ज विमानस्थलमा हेल्थ डेस्क राखेर जाँच गरि रहेकोमा थप नाकाहरुमा पनि हेल्थडेस्क राखेर जाँच गरिने जनाउदै उपमहानगरमा कार्यरत स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको छ ।

   कोरोना भाईरस विरुद्ध अपनाइएको सतर्कता र भावी कार्ययोजनाका विषयमा आयोजित स्वास्थ्यकर्मीसँगको अन्तरक्रियामा स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्यकर्मीलाई बिदामा नबस्न  निर्देशन दिदै स्वास्थ्यकर्मीलाई क्रिया विदा र सुत्केरी विदा बाहेक अन्य बिदा नदिइने चन्दले बताए ।

कोरोना भाईरसविरुद्ध उच्च सतर्कता अपनाएको उप–महानगरपालिकाले वडा स्तरसम्म रेपिड रेस्पोन्स टिम र विपद ब्यवस्थापन समिति समिति गठन गर्ने भएको छ । तीन दिनभित्र समिति गठन भईसक्ने चन्दले जानकामरी दिए ।

छलफलको निर्णय अनुसार स्वास्थ्य संस्थाले औषधीको हालसम्मको विवरण उपमहानगरपालिकामा तत्काल पठाउने र हेल्थडेस्कमा भएको चेकजाँचको विवरण पनि सोही साझ बुझाइने भएको छ ।


कोरोना भाईरस विश्वब्यापी समस्याको रुपमा देखिएको भन्दै उपमहानगरपालिकाले गाउँगाउँ र टोलटोलमा सचेतना अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना विरुद्ध स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न छलफल कार्यक्रम गरिएको चन्दले स्पष्ट पारे ।

छलफलमा स्वास्थ्यकर्मीहरुले आफुहरुका लागि आवश्यक श्रोत साधन र उपकरण उपलब्ध हुनुपर्ने माग गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाकाबाट ४९२९ व्यक्तिको जाँच गरिएको छ । सो नाकाबाट दैनिक ५ हजार यात्रु भित्रिने भएको जानकारी गराउदै स्वास्थ्कर्मीलाई साधान स्रोत थपेर पठाउन माग गरेका छन् ।

यसैगरी नेपालगञ्ज विमानस्थल ५४८३ को जाँच भएको छ भने २७८ कार्यालयमा हेल्थडेस्क सञ्चालन गरि जाँच गरेको जनाएको छ ।

Next Post

केन्द्रीय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समिति नेपालगञ्जमा फिरोज

१ चैत्र २०७६, शनिबार २०:२५
सदरलाइनडटकम, नेपालगञ्ज : केन्द्रीय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समिति नेपालगञ्जको नयाँ कार्यसमितिमा पुनः फिरोज वारशी हल्वाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सो कार्यसमितिले पद तथा गोपनियताको सपथ लिएको छ । केन्द्रीय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका नवनिर्वाचित कार्यसमिति बरिष्ठ उपाध्यक्षमा मो. ईशाहक सिद्दिकी, उपाध्यक्षमा […]