साढे दुई ग्राम ब्राउन सुगरसहित जमुनाहबाट सुनार पक्राउ

२५ जेष्ठ २०७४, बिहीबार १९:५४
 

सदरलाइनडटकम 

२५ जेठ नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष ब्युरो टोलीले प्रतिबन्धित लागु औषधसहित बिहीबार दिउसो एक युवालाई जमुनाह नाकाबाट पक्राउ गरेको छ ।


बाँके प्रहरीेका अनुसार भारतको रुपैडिहाबाट नेपालगन्ज आउदै गरेका कोहलपुर नगरपालिका– १४ का १९ बर्षिय सुरज सुनारलाई साडे २ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

रुपैडियाबाट नेपालगन्ज आउदै गरेका सुनारले मलद्वारमा लागु औषध लुकाएर ल्याउदै गरेको अवस्थामा प्रहरिले दिउँसो १२ः१५ बजे नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका सुनारमाथि थप अनुसंधान सुरु गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली काङ्ग्रेस बाँकेमा ब्यापक असन्तुष्टी चुनावको संघारमा धमाधम पार्टी छोड्दै नेताहरु

२५ जेष्ठ २०७४, बिहीबार १९:५४
सदरलाइनडटकम   २७ जेठ, नेपालगन्ज : स्थानीय तहको निर्वाचनको संघारमा नेपाली काङ्ग्रेस बाँकेमा तीव्र असन्तुष्टी देखिएको छ । पार्टीभित्रको आन्तरिक बिवाद र असन्तुष्टीका कारण पार्टीका विभिन्न नेताले एकपछि अर्को गर्दै पार्टी परित्याग गर्न थालेका छन् । नेपाली काँग्रेस बाँकेका प्रभावशाली नेताको रुपमा रहेका अमर खड्का पार्टी परित्याग गरी नेकपा माओवादी […]

सम्बन्धित