सदरलाइनडटकम
५ पुस, नेपालगन्ज : एमाले भातृसंगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरुद्ध युवासंघ नेपाल बाँकेले नेपालगन्ज र कोहलपुरमा बिरोध जनाउन एक घण्टा चक्का जाम गरेको छ ।
युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले दिएको जानकारी अनुसार घटनाको विरोध जनाउनको लागि केन्द्रको निर्देशन अनुरुप पहिलो चरणमा एकघण्टा चक्का जामको आयोजना गरिएको हो ।
युवासंघका कार्यकर्ताहरु कोहलपुरमा पूर्वपश्चिम राजमार्ग ठप्प पार्नुको साथै नेपालगन्जको पुष्पलाल चोकमा संघका बाँके अध्यक्ष थापा, केन्द्रीय सदस्य रविन्द्र लम्साल लगायतका नेताहरुको सहभागिता रहेको थियो । बन्दका कारण विभिन्न सवारीका साधनहरु ठप्प हुँदा जनजीवन प्रभावित भएको थियो
Next Post
सिद्धार्थ होटलका परिकारहरुमा छुटैछुटको अफर
५ पुष २०७३, मंगलवार ०८:१७
सम्बन्धित
-
१८ चैत्र २०७६, मंगलवार ०८:१०
सुरक्षाकर्मीलाई युवाको सर्जिकल ग्लोब सहयोग
-
१३ माघ २०८०, शनिबार १४:४०
नेपालगञ्जको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस
-
१७ मंसिर २०७८, शुक्रबार १७:४९
खजुरामा करेन्ट लागेर एकजनाको मृत्यु
-
१६ श्रावण २०८०, मंगलवार १६:०८
बाँकेमा बजेट कार्यान्वयन समन्वय समिति गठन
-
२५ कार्तिक २०७७, मंगलवार १७:५७
बाँकेमा थप एक संक्रमित महिलाका मृत्यु
-
३० जेष्ठ २०७७, शुक्रबार ०९:४३
मोटरसाईकलमा एक र चारपाङ्गेमा ३ जनामा मात्र