एमाले बाँकेमा नेतृत्वको रस्साकस्सी सुरु, बिसी अगाडि

सदरलाइन संवाददाता ४ जेष्ठ २०८१, शुक्रबार १९:५४
 

नेपालगञ्ज :  एमाले बाँकेको ९औ जिल्ला अधिवेशनको उद्घाटन शत्र सकिए संगै आगामी कार्यकालको लागि नेतृत्वको रस्साकस्सी सुरु भएको छ । बन्द शत्रका विभिन्न प्रकृयागत कार्यलाई सक्काउदै आगामी कार्यकालको लागि नेतृत्वमा पुग्ने लिगलिगे दौड सुरु भएको छ ।

बाँकेमा पार्टीलाई पुनः १ नंम्बरमा पुराउनको लागि यो अधिवेशन अत्यन्तै अर्थपूर्ण मानिएको छ । अधिवेशनबाट नेतृत्वमा आउनको लागि ३ जनाको रस्साकस्शी देखिए पनि बर्तमान उपाध्यक्ष डिल्ली विसी आफ्ना प्रतिश्पर्दीलाई पछाडि पार्दै सबैभन्दा अगाडि देखिएका छन । नेतृत्वको प्रतिश्पर्दामा बिसिसंगै किस्मतकुमार कक्षपति र निरक गुरुङ्ग रहेका छन् ।


बिसीलाई जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकारहरु, तथा आफ्नै कमिटीका पदाधिकारीहरुको समेत साथ रहेको बताईएको छ । पार्टीको आज शुक्रबार उद्घाटन शत्र सकिए लगत्तै बन्दशत्र सुरु भएको छ ।

शनिबार बिहानैदेखि नेतृत्व छनौटको लागि प्रकृया सुरु हुने बताईएको छ । नेतृत्वको लागि सर्वसम्बत प्रयास हुने र सर्वसम्मत हुन नसके लोकतान्त्रिक परिपार्टी अपनाईने गरी तयारी अघि बढाईएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालविवाह न्युनिकरणको लागि बरघरको सहयोग लिदै प्लान र थारु आयोग

४ जेष्ठ २०८१, शुक्रबार १९:५४
नेपालगञ्ज :  थारु समुदायमा व्याप्त रहेको बालविवाह, भागी विवाह, चाँडो विवाह अन्त्यका लागि समाजका अगुवा, बरघरको भुमिका महत्वपूर्ण हुने बुधबार नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन । थारु आयोगले प्लान ईन्टरनेशनल नेपालसंगको सहकार्यमा बालविवाह अन्त्यका लागि थारु समुदायका बरघरको भूमिका विषयक गोष्ठीका सहभागिले सो कुरा औल्याएका हुन । आयोगका […]