रोपाईं हुन नसकेपछि धानखेत गौचरन बन्दै

सदरलाइन संवाददाता १६ श्रावण २०८०, मंगलवार १६:१८
 

नेपालगञ्ज : बाँकेमा पर्याप्त मात्रामा वर्षा नभएपछि धाने रोपाइँ हुने खेत यतिबेला गाईवस्तु चरनक्षेत्रको रुपमा प्रयोग भएका छन् । जिल्लाको खजुरा र जानकी लगायतका क्षेत्रमा सुख्खाको बढी प्रभाव परेको छ ।

खजुरा गाउँपालिका ४ ई गाउँका देवराम विसीले सुरुदेखि नै पर्याप्त बर्षात नभएका कारण किसानहरु मारमा परेको बताए । बिसीले भने, “खोलानालाबाट पम्पसेट तथा घरमै मोटर तथा खानेपानीको धारा प्रयोग गरेर रोपाइँ गरिएको खेतमा समेत रोपेको धान सुक्न थालेको छ ।”

वर्षा नभएपछि धानखेत हुने बारीमा झारपात पलाएको र त्यहाँ गाईवस्तुलाई चराउने काम हुने गरेको बिसीले बताए । नजिकैं सिक्टा सिँचाइ आयोजनाको शाखा नहर भएपनि पूर्णरुपमा निर्माण सम्पन्न नभएका कारण किसानले पर्याप्त लाभ लिन नसकेको बिसीले बताए ।


कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जीवनकुमार केसीका अनुसार सिँचाइइको सुविधा भएका राप्ती–सोनारी गाउँपालिका, नेपालगञ्ज उप–महानगरपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिकामा बढी धानखेती भएको छ । अन्य स्थानमा पनि किसानले वर्षात्का पानीसँगै अन्य विकल्प प्रयोग गरेर धान रोपे पनि सम्पूर्ण रोपाइँ हुन सकेको छैन ।

यस्तै, नरैनापुर, जानकी र खजुरा गाउँपालिकामा कम रोपाइँ भएको छ । बाँकेमा हालसम्म करिब ७० प्रतिशत खेत धान रोपाइँ भएको छ । अब वर्षात् भए पनि बढी दिनको बीउ भइसकेकाले उपयोगी नहुने कृषि प्राविधिकको भनाइ छ । कतिपय किसानले पछि बीउ राखेकाले धान रोपाइँका लागि पर्खिरहेको कृष ज्ञान केन्द्रले जनाएको छ ।

बाँकेमा ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिनेमा हलमा करोडौँ लगानीले आधुनिक नेपालगञ्ज बन्ने अपेक्षा

१६ श्रावण २०८०, मंगलवार १६:१८
नेपालगञ्ज : नेपालगञ्जमा करोडौँ रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिसहितका सिनेमा हल सञ्चालनमा छन् । डेढ दशक अघिसम्म लक्ष्मी चलचित्र मन्दिर, बागेश्वरी र सृष्टि चलचित्र मन्दिर स्थानीय सिने दर्शकका गन्तव्य थिए । समय र प्रविधिसँगै स्तरोन्नति गर्न नसक्दा यहाँका सबैभन्दा पुरानो सिनेमा हल लक्ष्मी र त्यतिबेलाको नयाँ हल सृष्टि बन्द भएका छन् […]