बाढी प्रभावित क्षेत्रको सांसद गहतराजद्वारा अनुगमन

७ कार्तिक २०७५, बुधबार १७:४७
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य महेश्वरराज गहतराजले बुधवार बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । बाँके क्षेत्र नम्बर १ को राप्तीसोनारी गाउँपालिका वडा नं. २ को राजपुर गाउँको सांसद गहतराजले अनुगमन गरी पीडित बासिन्दासँग अन्तरक्रिया गरेका हुन् ।
बाँकेको सबै भन्दा धेरै बाढि प्रभावित सो गाउँ हाल बगरमा परिणत भएको छ । अनुगमनका क्रममा स्थानीय बासिन्दाका पीरमर्का सुन्दै सांसद गहतराजले राजपुरको समस्या समाधानका लागि पहल भईरहेको जानकारी दिए ।
गत असोज १८ गते बन मन्त्री शक्ति बस्नेत र गृहमन्त्री रामबहादुर थापासँग भेटेर राजपुर वस्तीलाई स्थानान्तरण गर्ने बिषयमा छलफल गर्नुका साथै लिखितरुपमा सिफारिस समेत गरेको सांसद गहतराजले बताए । सो अवसरमा स्थानीय बासिन्दाले बाढी नियन्त्रणलगायत अन्य विकास निर्माणका लागि सांसद गहतराजको ध्यानाकर्षण गराएका थिए ।

Next Post

नेपालगञ्जका मेयर राणाले गरे आफ्नो तलबभत्ता सामाजिककार्यमा वितरण

७ कार्तिक २०७५, बुधबार १७:४७
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले मेयर भएर पाउने आफुले पाउने तलब भत्ता सामाजिक कार्यमा लगाउन सुरु गरेका छन् । उनले असोज महिनाको आफ्नो तलबभत्ता नेपालगञ्जको– २ खानेपानी टंकी नजिकै रहेको बाल्मिकी समाज तथा मन्दिरलाई सहयोग गरेका छन् । मेयर डा.राणाले एक महिनाको तलब भत्ता गरि ५० […]