केन्द्रीय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समिति नेपालगञ्जमा फिरोज

२ चैत्र २०७६, आईतवार १०:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : केन्द्रीय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समिति नेपालगञ्जको नयाँ कार्यसमितिमा पुनः फिरोज वारशी हल्वाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सो कार्यसमितिले पद तथा गोपनियताको सपथ लिएको छ ।

केन्द्रीय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका नवनिर्वाचित कार्यसमिति बरिष्ठ उपाध्यक्षमा मो. ईशाहक सिद्दिकी, उपाध्यक्षमा जलिल राई, महासचिव साविर अली शेष, सचिव राहिल कंगरिया, कोषाध्यक्ष शम्शेर राई सहकोषाध्यक्ष बाबु हल्वाई निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा नसिम राई, अख्तर राई, ईसराईल सिद्दिकी, आजाद हुसेन सिद्दिकी चयन भएका छन् । सो समितिको संरक्षकमा मुन्ना मन्सुरी र अलीहुसेन राई रहेका छन् ।


नबनिर्वाचित सम्पुर्ण पदाधिकारीलाई सम्मान तथा सपथ ग्रहण कार्यक्रम नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्द्ल बाहिद मन्सुरीको उपस्थितिमा समुदायका अगुवाको सहभागितामा सम्पन्न गरिएको थियो ।

Next Post

ब्यूरोको सक्रियतामा १८ किलो चरेश सहित ३ पक्राउ

२ चैत्र २०७६, आईतवार १०:१२
सदरलाइनडटकम, कपिलबस्तु  : पाँच नंम्बर प्रदेश प्रहरी ब्यूरोको टोलीले कपिलबस्तुको चनौटाबाट प्रतिबन्धित लागू औषध १८ किलो चरेश तीनजनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान ब्यरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्री नेतृत्वको टोलीले रोल्पा सुनछाहरी–२ का ४१ व्र्षिय गोपी बुढा, दाङ्ग राप्ती गाउपालिका–१ घरभई हाल कपिलवस्तु शिवराज गरपालिका–५ का ४१ व्र्षिय जितमान […]