सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरस परीक्षणका लागि नेपालगञ्जमा बुधवार थप १ सय ३६ जनाको स्वाब संकलन गरिएको छ । यहाँ भेटिएका पहिलो कोरोना संक्रमित र पछि कोरोना पुष्टि भएका ९, ६ र ७ जना रहको वडाबाट थप १ सय ३६ जनाको स्वाब संकलन गरिएको हो ।
यसअघि मंगलवार मात्रै नेपालगञ्ज वडा नं. ८ बाट ५६ जनाको स्वाब संकलन गरिएको थियो । नेपालगञ्जको एकै टोलमा २३ जना कोरोना संक्रमित भेटिएपछि स्वाब संकलन कार्यलाई तिब्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मंगलवार छुटेका भैरवटोल, रानी तलाउको सब्जीमण्डी, नाउटोल, पण्डन मोहल्ला तथा टाँगा स्टेशन आसपासका पसलहरुबाट बुधवार पनि स्वाब संकलन गरिएको छ । स्वाब संकलन कार्यमा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को टोली पनि जुटेको छ ।
