लायन्स सस्थापक मेल्भिन जोन्सको स्मृतिमा आयोजित साताव्यापी कार्यक्रम समापन

१८ माघ २०७६, शनिबार १९:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  लायन्स क्लबका संस्थापक ‘मेल्भिन जोन्स’को १४१औं जन्मजयन्ती साताव्यापी रुपमा विभिन्न सामाजिक गतिबिधिको आयोजना गरी समापन गरिएको छ ।
लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि २ का डिस्टिक गर्भनर अनुप पहारीले लयन्स क्लब सामाजिक क्षेत्रमा सबै भन्दा पुरानो अन्तराष्ट्रिय संस्था भएको स्मरण गराउदै समाज सेवामा अब्बल स्थान कायम राख्न सबैको सहयोग भएमात्र संभव हुने औल्याए । उनले सबैभन्दा धेरै क्लव र सदस्य संख्या रहेको क्षेत्र नं. ६ बाट लायनबादको विकासको लागि आफुले ठूलो अपेक्षा राखेको बताए ।
सो अवसरमा डिस्टिक ३२५ बि–२ का पहिला गर्भनर सेमराज शाक्यले लयन्स भन्ने बित्तिकै समाजसेवाको प्रायबाचीको रुपमा परिचय बनाएको अवस्थामा पछिल्लो समय सेवागर्ने मनहरु कताकता हराएको जस्तो भएको आफुलाई महशुस भएको औल्याए ।
उनले भने–‘ समाज सेवाको लागि लायन्समा आबद्ध हुन तछाड मछाड हुने अवस्था थियो तर, पछिल्लो समय अलि थोरै लगाव भएको जस्तो अनुभव भएको छ ।’
उनले लायनबादको विकासमा आएको कमीको कारण खोज्न आवश्यक भएको औल्याउनु पर्ने सुझाव दिदै आफ्नो हालै दिबंगत भएकी ममतामही माता सन्तकुमारी शाक्यको स्मृतीमा ‘सन्तकुमारी शाक्यस्मृती छात्रबृत्ति कोष’ स्थापना गर्नको लागि २ लाख १ हजारको चेक हस्तान्त्रण गर्नुभयो । सो अक्षयकोष लायन्सको क्षेत्र नं. ६ ले सञ्चालन गर्ने छ ।
हामी सेवा गर्छौ भन्ने मुल मन्त्रलाई अंगिकार गर्दै स्थापना भएको लायन्स क्लव ईन्टरनेशनल डिस्टक ३२५ बि २ को क्षेत्र नं ६ अन्तरगतका विभिन्न क्लवहरुको सहभागितामा मेल्भिन जोन्स सप्ताहका क्रममा न्यानो कपडा वितरण, रक्तदान, अस्पतालका विरामीलाई फलफुल वितरण, शैक्षिक सामाग्री वितरण, सरसफाईलगायतका गतिबिधि आयोजना गरेर मनाईएको कार्यक्रम संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा डिस्टिकका पूर्व डिस्टिक गर्भनर डिके ढुंगाना, मधुसुदन शर्मा रिजाल, चिफ एड्भाईजर मुकुट ढकाल, नेपालगन्ज उपमहानगरका उपमेयर उमाथापामगर लगायतले लायन्स र समाजसेवामा लायन्सले पुराएको योगदानको बारेमा आआफ्नो भनाई राखेका थिए ।
क्षेत्रनं. ६ का संयोजक संजय सिहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ३ वटा नया क्लवको घोषणा गर्दै सार्वजनिक गरिनुको साथै नेपालगन्ज उद्योग बाणिज्य संघको नव निर्बाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा मोटिभेटर डिके ढुंगाना र सहदेव महतले लायन्स जागरण अभियानको विषयमा केन्द्रीत रहेर लायन्स र समाजसेवाको बारेमा मोटिभेसन स्पीच दिएका थिए ।
पश्चिम नेपालमा लायन्स क्लवमा प्रदेश ५, कर्णली प्रदेश र सुदूरपश्चिम प्रदेशमा करिव २ हजार बढी लायन्स सदस्यहरु समाजसेवामा क्रियाशिल रहेका छन् ।

Next Post

गोर्खा युनईटेडको बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

१८ माघ २०७६, शनिबार १९:०१
सदरलाइनडटकम, कोहलपुर (बाँके)  : बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुल, कोहलपुर बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयका संचालक अध्यक्ष केशरबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कोहलपुर नगरपालिकाका उप–प्रमुख सन्जुकुमारी चौधरीले उद्घाटन गर्नुको साथै प्रध्यानाध्यापक साधना थापाले स्वागत गरेकी थिईन । कार्यक्रममा नगर शिक्षा शाखा, कोहलपुरका […]

ताजा अपडेट