सत्ताबिनाको काँग्रेस सोच्न पनि सकिदैन : एमाले महासचिव पोखरेल

सदरलाइन संवाददाता ४ जेष्ठ २०८१, शुक्रबार १९:२१
 

नेपालगञ्ज : एमाले महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस सत्ता प्राप्तीका लागि अनेकन हथकण्डा अपनाउने गरेको बताएका छन् । उनले एमाले बाँकेको नवौं जिल्ला अधिवेशनको शुक्रवार नेपालगञ्जमा उदघाटन गर्दै कांग्रेसले सत्ता बिना तीन महिना पनि धैर्य गर्न नसकि विभिनन्न हथकण्डा अपनाउने गरेको बाएका हुन ।

उनले सत्ता विनाको काँग्रेसका बारेमा सोच्न पनि नसकिने अवस्था आएको बताउदै आफ् सत्तामा टाँसिनको लागि अनेकन स्टण्ट र हथकण्डा अपनाएको आरोप लगाए ।

महासचिव पोखरेलले समिकरण परिवर्तन भएपछि कांग्रेसमा सत्ताको लागि छटपटाहट देखापरेको बताउँँदै काँग्रेसमा अहिले सत्ताको लागि छटपटाहट सुरु भएको कुरामा जोड दिदै भने–‘ नेपाली काँग्रेस सत्ताको लागि मरिहत्य गर्ने पार्टी हो । उसले सत्ता बाहिर बस्ने कल्पना समेत गर्न सक्दैन ।’

नेता पोखरेलले एमाले सरकार र सत्ता नभएपछि छटपटाउने पार्टी नभएको दाबी गरे । एमाले आलोपालो सरकारभन्दा पनि राजनीतिक स्थायित्वको पक्षमा रहेको समेत स्पष्ट पार्दै महासचिव पोखरेलले अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको उल्लेख गर्दै जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टि उप निर्वाचनबाट भएको एमाले दाबी गरे ।


महासचिव पोखरेलले संसदमा काँग्रेसको प्रस्तुती गुण्डागर्र्दीको शैलिमा भएको टिप्पणी गर्दै आफुले प्रधानमन्त्रीको प्रस्ताव गरेको व्यक्ति रवि लामिछानेले नमान्दा अनेकन बखेडा झिकेको दावी गरे ।

जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा एमाले सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, पोलिटव्यूरो सदस्य तथा बाँके इन्चार्ज खेममान खड्का लगायतले अधिवशेनको सफलताको शुभकामना दिएका थिए ।

उद्घाटन शत्र सकिएसंगै बन्दशत्र सुरु हुने छ । बाँकेमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा ३ जना आकाँक्षी देखिए पनि उपाध्यक्ष डिल्ली बिसी, पूर्व अध्यक्ष निरक गुरुङ र बर्तमान अध्यक्ष किस्मत कुमार कक्षपति नेतृत्वको मैदानमा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेमा नेतृत्वको रस्साकस्सी सुरु, बिसी अगाडि

४ जेष्ठ २०८१, शुक्रबार १९:२१
नेपालगञ्ज :  एमाले बाँकेको ९औ जिल्ला अधिवेशनको उद्घाटन शत्र सकिए संगै आगामी कार्यकालको लागि नेतृत्वको रस्साकस्सी सुरु भएको छ । बन्द शत्रका विभिन्न प्रकृयागत कार्यलाई सक्काउदै आगामी कार्यकालको लागि नेतृत्वमा पुग्ने लिगलिगे दौड सुरु भएको छ । बाँकेमा पार्टीलाई पुनः १ नंम्बरमा पुराउनको लागि यो अधिवेशन अत्यन्तै अर्थपूर्ण मानिएको छ […]