होटल तथा रेष्टुरेन्ट व्यावसायीलाई कण्डम बारे अनुशिक्षण

२९ माघ २०७६, बुधबार ०९:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : अन्तराष्ट्रिय कण्डम दिवस–२०२० को अवसर पारेर स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल र एएचएफ नेपालको आयोजनामा नेपालगञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट व्यावसायी र त्यसमा कार्यरत कर्मचारीलाई एचआईची एड्स तथा यौनरोगका बारेमा अनुशिक्षण गरिएको छ ।
बाँके होटल तथा रेष्टुरेन्ट व्यावसायी संघको समन्वयमा आयोजना गरिएको सो कार्यक्रममा भेरी अस्पतालका डा. संकेत रिसालले एचआईभी एड्स र यौनरोग रोकथामका बारेमा भए गरेका अभ्यासहरुको बारेमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका भानुज्योती ओली, भेरी अस्पतालका सञ्जयकुमार पौडेल र एएचएफ नेपालका रबिन्द्र सिंह राठौरले सहजिकरण गरेका थिए ।
कार्यक्रममा नेपालगञ्ज क्षेत्रमा रहेका होटल रेष्टुरेन्टमा आउने पाहुनहरुलाई यौनरोग तथा एचआईभी एड्सबाट बच्न र कण्डमको प्रयोगको बारेमा जनचेतना पुराउन होटल तथा रेष्टुरेन्ट सञ्चालकले पनि पहल गर्नु पर्ने सुझाव दिईएको थियो ।

Next Post

शफिक बेहनाको नेतृत्वमा गुल्शने मदिना

२९ माघ २०७६, बुधबार ०९:१९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित दारुल उलुम गुल्शने मदिनाले नयाँ नेतृत्व पाएको छ । वडा नम्बर ४ स्थित गुल्शने मदिनामा मो. शफिक बेहनाको अध्यक्षतामा नयाँ नेतृत्व आएको हो । बेहनालाई निवर्तमान अध्यक्ष रफिक हलवाईको स्थानमा ल्याइएको हो । वडा नम्बर ४ का अध्यक्षसमेत रहेका बेहनाले वडामा गरेको उत्कृष्ट कार्यको उच्च मुल्यांकन […]

ताजा अपडेट