विभिन्न धार्मिक स्थलमा सुरक्षाकर्मीद्वारा सरसफाइ

सदरलाइन संवाददाता १३ पुष २०८०, शुक्रबार १४:४५
 

नेपालगञ्ज : नेपालगञ्जमा रहेका विभिन्न धार्मिक स्थलहरुको सरसफाइ गरिएको छ । शुक्रवार बिहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिक स्थल वरपर सरसफाइ गरेका हुन् ।

‘सर्वधर्म स्थान, सरसफाइ अभियान’ भन्ने मूल नाराका साथ शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले वागेश्वरी मन्दिर, मस्जिद, चर्चलगायत यहाँका विभिन्न धार्मिकस्थल सफाइ गरेका हुन् ।


सरसफाइ अभियानमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सदभावलाई जीवन्त राख्नका लागि सामूहिक सरसफाइ अभियानको शुरुवात गरिएको बताए । “नेपालगञ्ज भन्नका लागि मात्रै सदभावको सहर भनिएको होइन । यहाँ एकले अर्काको धर्मलाई सम्मान गर्ने परम्परा रहेको र त्यही परम्परालाई जीवन्त राख्नका लागि सामूहिक सरसफाइ अभियानको शुरुवात गरेका हौँ”, उनले भने ।

सो अवसरमा राँझाको इमामनगर ब्यारेकस्थित श्री बज्रदलको गणमा कार्यरत नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गणमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलगायतका कर्मचारीहरुले सामूहिक रुपमा सरसफाइ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा नेपाल–भारत अन्तरदेशीय कार्यशाला सम्पन्न

१३ पुष २०८०, शुक्रबार १४:४५
नेपालगञ्ज : मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि नेपालगञ्जमा नेपाल–भारत अन्तरदेशीय कार्यशाला सम्पन्न भएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति बाँके र माइती नेपालको संयुक्त आयोजनामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि काम गर्ने नेपाल र भारतका सरकारी तथा विभिन्न गैरसरकारी संघ संस्थाको सहभागीतामा एक दिने अन्तरदेशीय […]