हाम्रो सिभिल कृषि सहकारी संस्थाको अध्यक्षमा रेग्मी

सदरलाइन संवाददाता २६ पुष २०८०, बिहीबार १९:००
 

नेपालगञ्ज : नेपालगंञ्ज–२० अवस्थित हाम्रो सिभिल कृषि सहकारी संस्थाको अध्यक्षमा डिल्लीराज रेग्मी चयन भएका छन् । संस्थाको नवौं बार्षिक साधारण सभाद्वारा रेग्मी दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् ।

राँझा एयरपोर्ट स्थित संस्थाको कार्यालयमा आयोजित कार्यव्रmममा पायोनियर बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सशी स्वाँर प्रमुख अथिति रहेकी थिईन् ।

जम्मा ४ सय जना सदस्य रहेको संस्थाको आर्थिक बर्ष २०७९।०८० को अवधिमा शेयर पुँजी रु १५ लाख४१ ह्जार ३ सय रहेको छ र आर्थिक बर्ष २०८०।०८१ मा शेयर पुँजी रु २२ लाख ३४ हजार ९ सय पु¥याउने लक्ष्य रहेको अध्यक्षले प्रतिबेदनमा प्रस्तुत गरेका थिए् ।


आगामी आर्थिक बर्षमा बचत संकलन र कर्जा लगानी, पशुपंक्षीको दानाबिक्री, बिउबिजन तथा मल बिक्री, हाटबजर ब्यवस्थापन, पशुपंक्षी पालन, आधुनिक तरकारी खेती र सिंचाई प्रबिधिको बिकास जस्ता सात ओटा महत्वकांक्षी लक्ष्य राखेको पनि प्रबिेदनमा उल्लेख छ ।

अध्यक्ष रेग्मी सहित नौ सदस्य कार्यसमितिमा उपाध्यक्ष हेमबहादुर स्वाँर, सचिवमा बीर बहादुर हमाल, कोषाध्यक्षमा आशा खनाल र सदस्यरुमा क्रमश जनकराम भण्डारी, धनबहादुर पुन, शोभा श्रेष्ठ ,शुभद्रा श्रेष्ठ, रमि शाक्य सर्वम्मत चयन भएका छन् ।

कार्यक्रममा पायोनियर बचत तथा ऋण सहकारी संस्थाका यवस्थापक बिष्णु खनाल, अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्थाकी संचालक समिति सदस्य सिता कँडेल, नेपालगंञ्ज उद्योग बाँणीज्य संघमा सदस्य विनयश्रेष्ठ अतिथिको रुपमा उपस्थित रहेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नीति, कार्यक्रम र बजेट संसोधन पारित गर्दै खजुरा गाउँपालिकाको १४ औं गाउँसभा सकियो

२६ पुष २०८०, बिहीबार १९:००
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाको १४ औं गाउँसभा विभन्न नीति तथा बजेट संसोधन विधेयक पारित गर्दै सम्पन्न भएको छ । गत बुधवार बसेको गाउँसभाको कार्यसूची अनुसार खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले आर्थिक बर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट समिक्षा प्रस्तुत गरेकी थिईन । गत असारमा सम्पन्न गाउँसभाबाट स्वीकृत […]

सम्बन्धित