पुरुष हक्कीमा आर्मी च्याम्पियन, प्रहरी दोस्रो र प्रदेश ५ तेस्रो

४ बैशाख २०७६, बुधबार २३:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल आर्मीको विभागिय टिम त्रिभुवन आर्मी क्लब पुरुष हक्कीको च्याम्पियन बनेको छ । आर्मी डिफेडिङ्ग च्याम्पियन समेत हो ।
नेपालगञ्जको मंगलप्रसाद माविमा बुधबार अपरान्ह भएको फाइनल खेल एक एक गोलमा बराबरीमा टुंगिएपछि आर्मीले ट्राइबे्रकरमा नेपाल पुलिस क्लबलाई ४–१ को अन्तरले पराजित गरी स्वर्ण पदक जितेको हो ।
खेल प्रारम्भ भएको ११ मिनेटमा ४ नं. जर्सीका प्रदीप राजवंशीले आर्मीकातर्फबाट पहिलो गोलको खाता खोलेका थिए । खेलको ४६ औं मिनेटमा पुलिसका १० नं. जर्सीका रोमन रानाले गोल फर्काएपछि खेल बराबरीमा टुंगिएको थियो ।
ट्राइबे्रकरमा आर्मीका तर्फबाट २ नं. जर्सीका नरेन्द्र कार्की, ४ नं. जर्सीका प्रदीप राजवंशी, १२ नं. जर्सीका अमितकुमार श्रीवास्तव र ११ नं. जर्सीका दीपक ऐरले गोल गरेका थिए ।
पुलिसका तर्फबाट ६ नं. जर्सीका केशवराज जोशीले मात्र गोल गरेका थिए । २१ नं. जर्सीका श्रवणकुमारको गोल मिस भएको थियो भने १३ नं. जर्सीका योगेशकुमार बारघरेको गोल किपरले रोकेका थिए ।
यसैगरी, आयोजक प्रदेश ५ ले ८औं राष्ट्रिय खेलकुदको पुरुष हक्की प्रतियोगितामा कास्य पदक जितेको छ । बुधबार बिहान भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–० गोलले पराजित गरि प्रदेश ५ तेस्रो भएको हो ।
प्रदेश ५ का तर्फबाट ३६ औँ मिनेटमा मनिष गुरुङले पहिलो गोल गरेका थिए । शशी दर्लामीले ५१ औँ मिनेटमा पेनाल्टी कर्नरमार्फत अर्को गोल गरेका थिए । तेस्रो गोल रविकान्त कुमारले ५४ औँ मिनेटमा गरेका थिए ।
सुदूरपश्चिमका खेलाडी आक्रामक रुपमा खेलमैदानममा उत्रिए पनि गोल भने गर्न सकेनन् । दिउँसो नेपाल पुलिस क्बल र त्रिभुवन आर्मी क्लवबीच फाइनल खेल हुने भएको छ ।
प्रतियोगिताका स्वर्ण, रजत र कास्य पदक विजेता टिम र खेलाडीलाई ट्रफी र मेडल वितरण गरिएको थियो ।

Next Post

नेपालगञ्जमा बालबालिकाको ध्यान–योग शिविर हुँदै

४ बैशाख २०७६, बुधबार २३:४०
सदरलाइनडटकम, नेपालगञ्ज   : द आर्ट अफ लिभिङले पहिलो पटक नेपालगञ्जमा बालबालिका केन्द्रित ध्यान योग शिविर सन्चालन गर्ने भएको छ । द आर्ट अफ लिभिङ नेपालगञ्ज शाखाले ८ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि यही वैशाख ४–७ सम्म दुई समूहमा योग ध्यान शिविर आयोजना गर्न लागेको हो । ८ वर्षदेखि […]