नौवस्तामा जन्ती बस दुर्घटना हुँदा १३ जना घाइते

सदरलाइन संवाददाता २७ मंसिर २०७७, शनिबार ०९:१९
 

कोहलपुर (बाँके) : बाँकेमा जन्ती बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सुर्खेतबाट जन्ती लिएर बर्दियातर्फ जाँदै गरेको भे १ ख २०१७ नम्बरको बस शुक्रवार राती साढे १० बजे बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ नौवस्ताको डिगियामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


घाइतेहरुको नेपालगञ्ज मेडिकल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Next Post

लुम्बिनी प्रदेशका अन्तिरिक मामिला तथा कानून मन्त्री नरैनपुरमा

२७ मंसिर २०७७, शनिबार ०९:१९
नरैनापुर (बाँके)  :  लुम्बिनी प्रदेसका आन्तिरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसीले बाँकेको नरैनापुर गाउपालिकामा बिकासको संभावनाहरु प्रसस्त भएको बताएका छन् । उनले शुक्रबार नरैनापुरको सुईयानाका पुगेर त्यहाँको भौगोलिक अवस्थाको अवलोकन गर्नुको साथै नरैनापुर गाउपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागि भएका थिए । उनले त्यहाको सुरक्षा अवस्था कोभिड–१९ ले पारेको […]