सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित दारुल उलुम गुल्शने मदिनाले नयाँ नेतृत्व पाएको छ । वडा नम्बर ४ स्थित गुल्शने मदिनामा मो. शफिक बेहनाको अध्यक्षतामा नयाँ नेतृत्व आएको हो । बेहनालाई निवर्तमान अध्यक्ष रफिक हलवाईको स्थानमा ल्याइएको हो ।
वडा नम्बर ४ का अध्यक्षसमेत रहेका बेहनाले वडामा गरेको उत्कृष्ट कार्यको उच्च मुल्यांकन गर्दै कमिटिले उनलाई गुल्शने मदिनाको अध्यक्षता गर्न जिम्मेवारी दिएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष बेहनाले आफु मदिनाको समग्र विकासका लागि प्रतिबद्ध रहेको बताए ।
उनले वडामा गरेको विकास कार्यप्रति वडाबासीद्वासा सम्मानितसमेत भएका छन् । बेहना राप्रपा प्रदेश नम्बर ५ को प्रदेश कमिटि सदस्य पनि हुन् । गुल्शने मदिनामा अध्यक्ष बेहनासगै नुरुद्दिन अन्सारी भन्ने बाबु अन्सारी र शाकिर अलि खाँँ सदस्यमा चुनिएका छन् ।
