बोरा गोदाममा आगलागी, ४० लाख बरावरको क्षति

सदरलाइन संवाददाता २९ कार्तिक २०८०, बुधबार १४:००
 

नेपालगञ्ज : नेपालगञ्जको बोरा गोदाममा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीस्थित एसके टे«डिङ्गको बोरा गोदाममा मंगलवार आगलागी भएको हो ।

राति करिब १२ बजेतिर लागेको आगो बुधवार विहानीपख मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

विद्युतको तार सर्ट भएर आगलागी भएको हुन सक्ने उनले बताए । उनका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पुर्ण बोरा लगायतका सामग्री जलेर नष्ट भएको छ । जुटको बोराको गोदाम भएका कारण आगलागी नियन्त्रणमा आउन थप समय लागेको उनले बताए ।


दुई वटा बारुण यन्त्र, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको एसके टे«डिङ्गका सञ्चालक सुरेशकुमार शाहले बताए ।

उनका अनुसार गोदामभित्र रहेको ५० हजार थान ठूलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टाको बोरा, केही प्लाष्टिक बोरी र काठ जलेर नष्ट भएको छ । नेपालगञ्जमा रहेको उक्त गोदामबाट महेन्द्रनगर, धनगढी, राजापुर र पहाडी जिल्लाका लागि थोक दरमा गल्ला भर्नका लागि बोरा विक्री गर्ने गरिएको सञ्चालक शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुस्लिम युवाहरुले पनि लगाए तिहारको भाइ टीका

२९ कार्तिक २०८०, बुधबार १४:००
नेपालगञ्ज : पर्वहरु विशेषगरी धर्म र समाज अनुसार रहेकोर सोही बमोजिम मनाउने गरिन्छ । तर, फरक धर्म र समुदायका मानिसहरुले पनि अर्को धर्म वा समुदायको पर्वलाई सहर्ष स्विकार गरी सम्मानका साथ मनाउँदा धार्मिक सहिष्णुता र स्वतन्त्रता झल्किन्छ । यस्तै बाँकेको नरैनापुरका मुस्लिम समुदायका युवाहरुले हिन्दु धर्म अन्तर्गत मनाइने तिहार मनाउँदै […]