सदरलाइनडटकम,
नेपालगञ्ज : नापी कार्यालय नेपालगञ्जबाट दुई जना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी सर्भेक्षक यामबहादुर खत्री र लेखापढी ब्यवसायी प्रताप केसीलाई ३५ हजार रुपैयाँ घुससहित बुधवार फक्राउ गरेको हो । जग्गाको हालसाविक कायम गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम लिएपछि खत्रीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिए । खत्रीले लेखापढी ब्यवसायी प्रताप केसीमार्फत सेवाग्राहीसँग घुस रकम बुझेको अख्तियारले जनाएको छ ।
