‘बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानीमा समस्या छैन’

सदरलाइन संवाददाता १२ कार्तिक २०८१, सोमबार १९:२१
 

दाङ  :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बहुबर्षिय र क्रमागत  आयोजनाको  भुक्तानीमा  समस्या नभएको  बताएका  छन् । नेपाल निर्माण व्यवसायी  महासंघका  प्रतिनिधिहरुसंग  सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिएको जानकारी दिदै सो कुरा बताएका हुन ।

संघीय सरकारले वित्तिय समानिकरण अनुदान नपठाउदा प्रदेशमा दायित्व थपिएको, निर्माण व्यवसायीले पनि समयमा काम सम्पन्न नगर्दा जटिलता उत्पन्न भएको उल्लेख गरे । ‘संघीय सरकारले पठाउनुपर्ने अनुदान पठाएन । त्यसले भुक्तानीको दायित्व थप्यो । त्यसमा पनि निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा पनि अप्ठ्यारो भएको हो’–उनले भने–‘सरकारले बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिसकेको छ । समस्या भएको भनिएको साल वसाली र सम्पन्न भएक योजनाको हो ।’

निर्माण व्यवसायीले इमानदारी भएर काम सम्पन्न गर्नुपर्ने, समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई कानुन अनुसार दण्डित गरिने बारेमा समेत स्पष्ट पारेका छन् । संघीय सरकारले गत बर्ष दुई अर्ब १०  करोड  समानिकरण  अनुदान नपठाउदा  समस्या  परेको  छ । योजना कार्यान्वयन गरेको आधारमा जेठ महिना भित्र भुक्तानी लिन समेत आग्रह गर्नु भयो ।

‘काम सम्पन्न गर्नु भएको छ । तर, भुक्तानी लिन किन असार २५ गते नै कुनुप¥यो ?’ नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले निर्माण व्यवासायीहरुले भोगेका समस्याहरु समाधान गर्ने गरी प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । भुक्तानी रोकिएको बारेमा ध्यानाकर्षण गराउदै छिटो भुक्तानीको लागि आग्रह गरे ।


नेपाल निर्माण व्यवसायी महासंघ केन्द्र, प्रदेश र जिल्ला तहका नेतृत्वहरुसंग मुख्यमन्त्री आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रमुख सचिव महादेव पन्थ, सचिव ईश्वरराज पौडेल, कृष्ण पौडेल लगायतले छलफल गरेका थिए ।

प्रदेश प्रयोगशाला

लुम्बिनी प्रदेशमा निर्माण सामाग्रीको गुणस्तरीय परिक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश सरकार र निर्माण व्यवसायसीको संयुक्त लगानीमा प्रयोगशाला स्थापना गरिएको छ ।

यो प्रयोगशाला सरकारी र निजि क्षेत्रको साझेदारीमा सञ्चालनको योजना बनाइएको छ । निर्माणको कामलाई गुणस्तरीय बनाउन प्रदेश स्तरीय प्रयोगशाला भालुबाङमा स्थापना गरिएको छ । जसमा प्रदेश सरकारको एक करोड र निर्माण व्यवसायी महासंघको ९० लाख लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *