कोरोनाको सन्त्रास फैलदै, उपत्यका बाहिर धनगढीमा भेटिए संक्रमित

१४ चैत्र २०७६, शुक्रबार २१:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : भारत तथा तेस्रो मुलुकबाट नेपाल आएकाहरुमा कोबिड–१९ (नोबल कोराना भाईरस) को संक्रमण भएको आशंकामा बाँकेमा बनाईएका क्वारेन्टाइनमा बस्नेहरुको संख्या ३८ पुगेको छ ।

उनीहरु मध्ये एक महिलासहित १० जना नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस र खजुरा गाउँपालिकाको मैटहवा माबिमा १ महिलासहित २८ जना ब्यक्ति रहेका थिए । नेपालगञ्जका सबैलाई महेन्द्र बहुमुखि क्याम्पसबाट सुर्खेतरोडमा रहेको सामथ्र्य ईन होटलमा सारिएको छ ।

यसैबिच नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पुष्टि गरेका छन् । काठमाण्डौ बाहिरको विरामीमा पहिलोपटक कोरोना पोजेटिभ भेटिएको हो । उनी धनगढी प्रादेशीक अस्पतालमा उपचार हुदै आएको छ ।


काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती व्यक्तिको नमुना परीक्षण गर्दा नतिजा पोजेटिभ अर्थात कोरोना सङ्क्रमण भएको पाइएको देवकोटाले बताए ।

देवकोटाका अनुसार सङ्क्रमित व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएका थिए । सङ्क्रमित व्यक्ति कुन विमानमार्फत् नेपाल फर्केको भन्नेबारे सोधखोज भइरहेको देवकोटाले बताए ।

त्यसअघि फ्रान्सबाट फर्केका १९ वर्षीया विद्यार्थीमा कोरोना भाइरस सङ्क्रमण भएको अधिकारीहरूले पुष्टि गरेका थिए । कोरोना भाइरस सङ्क्रमित भएका पहिलो नेपाली चीनको वुहान शहरबाट फर्केका थिए । उनी निको भई घर फर्किसकेका छन् । उनी पछिका बाँकी तीनैजना बिरामीको उपचार भइरहेको छ ।

Next Post

कोरोनाको सूचना लागि नेपालगञ्ज उपमहानगरद्वारा टोल फ्रि नंम्बर जारी

१४ चैत्र २०७६, शुक्रबार २१:४३
सदरलाइनडटकम, नेपालगञ्ज  :  कोबिड–१९ (नोबल कोराना भाईरस) को संक्रमण फैलनबाट जोगाउन अहिलेको विषम परिस्थितिलाई मध्येनजर गर्दै नेपालगञ्ज उप–महानगरपालिकाले निशुःल्क टोल फ्रि नम्बर सुचारु गरेको छ । कोरोना भाईरससंँग सम्बन्धित सूचना दिनुपर्ने अथवा सूचना लिनुपर्ने कुनै पनि जानकारी भएमा उपमहानगरले सुचारु गरेको टोल फ्रि नम्बर १६६०८१५२०५२ मा कल गर्न सकिने छ […]

सम्बन्धित