ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने हुथी विद्रोहीको घोषणा

३ मंसिर २०७५, सोमबार १६:२४
 

सदरलाइनडटकम,
काठमाण्डौ : यमनको हुथी विद्रोही समूहले संयुक्त राष्ट्रसंघको आग्रहमा केही समयका लागि ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने घोषणा गरेको छ । यमन विश्वकै मानवअधिकारको हनन् र संकट देखा परेको देशमा परेको र विगत तीन वर्षदेखि जारी संघर्ष अन्त्यका लागि संयुक्त राष्ट्रसंघले बिद्रोहीलाई वार्तामा बोलाई बारम्बार युद्धबिरामका लागि पहल जारी नै राखेको छ ।
संयुक्त राष्ट्रसंघको यही अनुरोधकै कारण हुथी बिद्रोहीका प्रमुख मोहमद अली अलले ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने घोषणा गर्नुभएको हो । संयुक्त राष्ट्रसंघका प्रतिनिधी मार्टिन ग्रिफिथ्ससँगको वार्तापछि ड्रोन र मिसाइल आक्रमण नगर्ने घोषणा गरेको जानकारी दिँदै मोहमद अली अलले आफूहरु पनि युद्धबिरामको पक्षमा रहेको जानकारी दिएका छन् ।
यसैबीच संयुक्त अरब इमिरेट्स र साउदी अरबको गठबन्धन सेनाले संयुक्त राष्ट्रसंघको पहलको स्वागत गर्दै यमनमा आगामी वर्षमा युद्ध समाप्त हुन सक्ने आशा गरेका छन् । सन् २०१५ मा हुथी बिद्रोहीले यमनको पश्चिमी शहर नियन्त्रणमा लिई राष्ट्रपति अब्दुलाह मानसेर हड्डीलाई देश निकाला गरेको थियो । यमनमा तीन वर्षसम्म भएको युद्धमा हजारौंको मृत्यु भइसकेको छ भने लाखौं भोकमरीको शिकार बनेका छन् ।
(एजेन्सीको सहयोगमा)

Next Post

शहीद स्मारक ए डिभिजन लिगमा संकटाको दोश्रो जीत

३ मंसिर २०७५, सोमबार १६:२४
सदरलाइनडटकम, काठमाण्डौ : शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले लगातार दोस्रो जित हात पारेको छ । सोमवार भएको खेलमा संकटाले जाउलाखेल युथ क्लबलाई २–० ले पराजित गरेको हो । दुवै गोल सेड्रिक अवालेले गरेका हुन् । जीतपछि संकटा लिगको तेस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा दुवै […]

सम्बन्धित