नेपालगञ्जमा विधि विज्ञान प्रयोगशाला सञ्चालित

२२ माघ २०७६, बुधबार १८:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : लागुऔषध प्रयोग रोकथाम र नियन्त्रणका लागि कानूनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्र र बिधि विज्ञान प्रयोगशाला अर्थात् फोरन्सिक ल्यावको बुधवार नेपालगञ्ज उद्घाटन गरिएको छ ।

ल्याबको नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

 प्रहरी महानिरिक्षक खनालले नेपालगन्जमा स्थापना भएको लागु औषध परामर्श केन्द्रले लागु औषध ओसार पसार र दुब्र्यसन न्यूनिकरण गर्नका लागि सहज हुने बताउदै यसलाई स्थानीय सरकारले अपनत्व लिनु पर्ने बताए ।

लागु पदार्थकै कारण समाजमा घट्ने घट्नाहरुलाई सहयोय पुरयाएको भन्दै महानिरिक्षक खनालले मातहतका सबै निकायहरुलाई आजैदेखि सक्रिय भएर लाग्न निर्देशन समेत दिए ।

उनले सो अवसरमा तत्कालिन अञ्चल प्रहरी कार्यालयको नाममा रहेको जमिनलाई आवश्यक प्रकृया पुरा गरी एक हप्ताको समयमा नेपालगञ्ज उपमहानगरको करिव १० लाख रुपैयामा पुनस्थापना केन्द्र मर्मत तथा निर्माण गरी सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बाँकेको नेतृत्वको खुलेरै प्रशंसा समेत गरे ।


कार्यक्रममा बोल्दै वरिष्ठ प्रहरी उपरिक्षक वसन्तकुमार लामाले नेपालमा मात्र २ लाखको हाराहारीमा लागु औषध सेवनकर्ता रहेको तत्थ्यांक सार्वजनिक गर्दै यो अवस्था भयाभह रहेको जानकारी दिए । उनले ९५ प्रतिशत लागुपदार्थ सेवन र कारोवारमा फर्किने गरेको दाबी गरे ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धबल शम्सेर राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका प्रहरी प्रमुख बिरबहादुर ओलीले लागुऔषधको वसारपसार तथा दुव्यसनी पछिल्लो पाँचवर्ष यताको तथ्याङ्क हेर्दा अत्यन्तै भयावह अवस्था भएकोले पनि परामर्श केन्द्र आवश्यक रहेको औल्याए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले लागु औषध परामर्श केन्द्रको स्थापना र प्रहरी बिधि बिज्ञान प्रयोगशालाको स्थापना भएकोमा खुशी ब्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा सञ्चालनमा आएको ल्याबले लागुऔषध दुव्र्यसनी तथा कारोबारीलाई सुधारात्मक, उपचारात्मक र दण्डात्मक पद्धतीद्वारा मनोसामाजिक विमर्शका साथै कानूनी उपचारको परामर्श दिनेछ ।

प्रहरी अनुसंन्धानलाई सहज बनाउन बिधि विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । प्रहरीको आन्तरिक स्रोतसाधन र नेपालगञ्ज उपमहानगरपालिकाको करीब १० लाखको लागतमा केन्द्र सञ्चालनमा आएको हो ।
यस्तै नेपाल प्रहरीको आफ्नै स्रोतसाधनबाट प्रयोगशाला निर्माण गरिएको हो । केन्द्र सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक अध्यक्ष रहने गरी ७ सदस्यीय सञ्चालक समिति समेत गठन गरिएको छ । प्रयोगशाला निर्माणको लागि नेपाल सरकारको २ करोड ८२ लाख ३१ ह्जार ६ सय ७० रुपैया ४७ पैसा बढीको लागतमा निर्माण गरिएको जनाईएको छ ।

Next Post

नरैनापुरको डेढसय बर्ष पुरानो मेला शुरु

२२ माघ २०७६, बुधबार १८:२३
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकामा विगत डेढ सय बर्षदेखि हरेक बर्ष धर्मगुरुको सम्झनामा लाग्दै आएको मेला यस बर्ष पनि बुधवारदेखि शुरु भएको छ । नरैनापुर गाँउपालिका वडा नम्बर २ को गंगापुर मियाँपुर्वामा शुरु भएको मेलाको प्रमुख अतिथि बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथक र […]